दुर्गममा गुणस्तरीय सेवा नदिने नेकपा एसको रणनीति, बाजुरामा विशेषज्ञ चिकित्सक नपठाउन दवाव


काठमाडौं । संविधानले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार प्रदान गरेको छ । सोही अनुसार हरेक नेता तथा कार्यकर्ता दुर्गममा विशेषज्ञ चिकित्सक हुनुपर्ने अडान राख्छन् । विशेषज्ञ चिकित्सकको अभावले धेरै बिरामीको अकालमा मृत्यु भइरहेको छ । त्यसमा पनि दुर्गमका जिल्लाहरुमा विशेषज्ञ चिकित्सकको उपस्थिति जरुरी छ ।

दुर्गममा विशेषज्ञ चिकित्सक जान इच्छुक भए उनिहरुलाई टिकाएर राख्न जस्तो सुकै सेवा सुविधा दिन पनि स्थानीयत तथा सभासदहरु पछी पर्दैनन् । नेपालमा यस्तो एउटा पार्टी देखिएको छ, जसले दुर्गमका नागरिकले गुणस्तरीय सेवा नपाउँन भन्छ । जसका कारण नेकपा एसका नेता र स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ्को सचिवालयका कर्मचारी दुर्गममा जान इच्छुक एभको चिकित्सक समेत रोक्न कामै माया मारेर लागेका छन् ।

नेकपा एसले दुर्गममा विशेषज्ञ चिकित्सक नपठाउँन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दवाव दिइरहेको अधिकारीहरुले बताएका छन् । स्वास्थ्य लाइभले पाएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको चाहना अनुसार हालै बाजुरामा एक जना विशेषज्ञ चिकित्सक पठाएको छ । चिकित्सक स्वयंमले दुर्गममा सेवा दिन आफु राजी भएको भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए ।

छात्रावृद्धि करारबाट मिति २०७८ पुष १७ गते देखि तेह्रथुम जिल्ला अस्पतालमा एमडिजिपी इन्टरर्नल मेडिसिनको पदमा कार्यरत रहेका डा प्रेरित देवकोटा बाजुराले जनताको सेवामा बाजुरा जान चाहेका हुन् । सोही अनुसार उनले तेह्रथुमबाट सरुवागरी बाजुरा पठाउँन भन्दै स्वास्थ्यमा निवेदन दिएका थिए । यसरी सुगमबाट दुर्गम सेवा गर्न जान्छु भन्ने चिकित्सक औलामा गन्नेछन् । तर, उनको अनुरोध र मन्त्रालयको निर्णयलाई नेकपा एसका नेता तथा कार्यकर्ताले रोक लगाउन चलखेल थालेका छन् ।

स्वास्थ्य मन्त्रालय स्रोत भन्छ विशेषज्ञ चिकित्सक नपठाउँन भन्दै बुधबार दिनभर मन्त्रालयमा मन्त्रीको सचिवालयले दवाव दिएको छ । स्वास्थ्य मन्त्री स्वयंम् नेकपा एसका नेता हुन् । नेकपा एसका नेता भानुभक्त जोशीको भतिजा डा मिलन जोशी हाल बाजुरा जिल्ला अस्पतालमा निमित्व मेडिकल सुपरिटेन्डेन्ट छन् । उनी मेडिकल अधिकृत हुन् ।

विशेषज्ञ चिकित्सक पठाए पछि भतिजाको निमित्व मेडिकल सुपरिटेन्डेन्ट पद खोसिने भन्दै विशेषज्ञ चिकित्सक बाजुरा नपठाउँन उनिहरुले स्वास्थ्यका उच्च अधिकारीहरुलाई दवाव दिइरहेका छन् । ६ वर्ष पछि बाजुरामा विशेषज्ञ चिकित्सक जान राजी भएका हुन् । विशेषज्ञ चिकित्सकको अभावमा दिनहु जसो बाजुरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मानिसहरुको मृत्यु भइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ