महानगरले भत्काउन ‘माइकिङ’ गरेपछि भूमाफिया चाम्लिङले औषधि पसलको बोर्ड राखे


काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सरकारी जग्गामा बनेको अनधिकृत संरचना भत्काउन ‘माइकिङ’ गरेपछि देवीनगरका भूमाफिया इन्द्र कुमार चाम्लिङले सुलभ औषधि पसलको बोर्ड राखे राखेका छन् ।

महानगरले रेखाङ्कन गरेपछि भत्काउन थालेको उक्त अवैध संरचना चुनावको मौका छोपेर महानगरलाई चुनौती दिँदै सटर हालेपछि १० दिनभित्र अनधिकृत संरचना हटाउन माइकिङ गरिएको थियो । उक्त माइकिङपछि भूमाफिया चाम्लिङले सुलभ औषधि पसलको बोर्ड राखेर अर्को हत्कण्डा अपनाएका छन् ।

काठमाडौं महानगरपालिका नगर दिवस मनाउन तर्फ केन्द्रित भइरहेको बेलामा भूमाफिया चाम्लिङले काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरमा सरकारी जग्गामा बनाएको अनधिकृत संरचनामा होटल चलाउन भाडामा लगाएका छन् ।

महानगरले १० दिनभित्र भत्काउन माइकिङ गर्दा पनि उल्टै औषधि पसल, होटल, मोटरसाइकल वर्कशपलाई उनले भाडामा लगाएका छन् । भूमाफिया चाम्लिङ र सिन्धुलीका एमाले नेता हेमराज घिसिङले भत्काइसकेको संरचना फेरि टालटुल गरेर महानगरलाई चुनौती दिने काम गरेका हुन् ।

भूमाफिया चाम्लिङले सटर हालेर बनाएको संरचनाभित्र रहेको सार्वजनिक ढुंगेधारा समेत कम्पाउण्डभित्र हालेर आफ्नो निजी जस्तै बनाएका छन् । देवीनगरका स्थानीयहरुले पानी खाँदै आएको ढुंगेधारालाई उनले घर कम्पाउण्डभित्र हालेर कब्जा गरेका हुन् । भूमाफिया चाम्लिङले ढुंगेधारा आगाडिको जग्गामा संरचना बनाएर सटर हाली भाडा मात्र खाएका छैनन् निजी पार्किङ समेत बनाएका छन् ।

भूमाफिया चाम्लिङले कित्ता नम्बर ४३० दुषित दर्ता गराएर अचर्ना पोखरेललाई बिक्री गरिसकेको खुल्न आएको छ । त्यस्तै कित्ता नम्बर ५७७ श्रीमती उमादेवी राई हुँदै छोरी स्वस्तिका चाम्लिङको नाममा बकस पास गरेको स्वास्थ्य लाइभले फेला पारेको छ । ती जग्गालाई रावल आयोगले सरकारी जग्गा देखाएको छ ।

मुलकी उपराध संहिता २०७४ को दफा १४७ बमोजिम कसैले गैर कानुनी तवरले सरकारी, सार्वजनिक वा सामुदायिक जग्गामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार समेतको स्वीकृति बेगर गैरकानुनी तवरले दर्ता गरेमा, दर्ता स्वत: बदर गरी कब्जा आवाद हटाई त्यस्तो गर्ने गराउनेलाई मुलुकी फौजदारी . संहिता २०७४ को अनुसूची २ बमोजिम देवानी सरकारवादी मुद्दा चलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । उक्त कानुन अनुसार जब्बर भूमाफिया चाम्लिङमाथि महानगरले मुद्दा हाल्न जरुरी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ