दीर्घरोगी र वृद्धवृद्धाले मौसमी रुघाखोकीको खोप लगाउनोस्


काठमाडौ ।अहिले मौसम परिवर्तन भइ जाडो सुरु भएको छ । यो समयमा मुख्यगरी दीर्घरोगी र वृद्धवृद्धा नै बढी जोखिममा परेका छन् ।

डा.अनुप वास्तोलाका अनुसार सबैका लागि जाडो घातक बनेर आएको छ । दीर्घरोगी र वृद्धवृद्धाले मौसमी रुघाखोकीको खोप लगाउन चिकित्सकहरूले अनुरोध गरेका छन् । जाडोका कारण विशेषगरी वृद्धवृद्धा प्रभावित हुने गर्छन् । समयमा सकेसम्म निमोनिया बिरुद्धको खोप (निमो कोकल) लगाउनुहोस् डा. वास्तोलाले भने ।

श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो मौसम अत्यन्तै कष्टकर मानिन्छ ।

रुघाखोकीको जोखिमबाट बच्न इन्फ्लुएन्जाको खोप लगाउन सकिन्छ । समयमा खोप लगाउँदा निमोनिया हुन पाउँदैन । निमोनियाको बढी जोखिम हुने लामो समयदेखि दम, मुटु तथा मिर्गौलाको समस्या, सुगर भएका बिरामीले खोप लगाउँदा राम्रो हुन्छ ।

प्रत्येक वर्ष एकपटक इन्फ्लुएन्जा खोप लगाएमा निमोनियालाई धेरै हदसम्म कम गर्न सकिने डाक्टरहरु बताउँछन् । ६० वर्षमाथि उमेर समूहलाई निमोनिया विरुद्धको खोप दिइन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ