‘गर्भपतन गराउने औषधिको दुरुपयोग भयो रोकौं’


पोखरा । गर्भपतन गराउन प्रयोग हुँदै आएका औषधिको दुरूपयोग हुन थालेकाले यसलाई रोक्न सरोकारवालाहरूले माग गरेका छन् ।

स्वास्थ्य लाइभ मिडियाले पोखरामा गरेको ‘गर्भपतन सेवा मापदण्ड र गलत व्यवहार’ विषयक पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा सहभागीहरूले गर्भपतन गराउँन प्रयोग गरिने औषधि मिसोप्रोसटोल हरेक औषधि पसलबाट बिक्रि वितरण भइरहेको हुँदा त्यसलाई रोक्नुपर्ने बताए ।

बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर राजेश अधिकारीले मिसोप्रोसटोल नामक औषधिको प्रयोग बजारमा फार्मेसी र क्लिनिकहरूबाट भइरहेको बताए ।

‘सरकारबाट सुरक्षित गर्भपतन गराउँने नाममा अनुमती लिएर सेवा दिएको पनि हुन सक्छ’ डा.अधिकारीले भने, कतिपयले अनुमती नलिई सेवा दिएको पनि हुन सक्छ यसको अनुगमन गर्न जरूरी देखिएको छ ।’

डा अधिकारी भन्छन्, ‘गर्भपतन गर्नु राम्रो हैन । यदी गर्नै परेको खण्डमा सबै भन्दा सुरक्षित स्थानमा गएर सेवा लिनु पर्छ ।’

उनका अनुसार सेवा लिने मात्रै नभएर सेवा प्रदायक स्वास्थ्य सस्था पनि इमान्दार हुन आवश्यक छ । गर्भपतन गराउँनै परेको अवस्थामा सम्बन्धित स्वास्थ्य संस्था सुचिकृत भए नभएको र व्यक्तिको बारेमा पूर्ण जानकारी हुनुपर्छ डा.अधिकारीको भनाइ छ ।

डा. अधिकारीले बताए अनुसार सुचिकृत स्वास्थ्य संस्थभन्दा बाहिर गएर गर्भपतन गराउँदा वभिन्न सङ्क्रमण हुन सक्छ । यस्तो अवस्थामा कतिपय आमाहरुको मृत्युसमेत हुनेगर्छ ।

नेपालमा मातृ मृत्युदर घटाउँन पनि सुरक्षित रुपमा हुने गर्भपतनको सेवा बढाउनुको विकल्प नभएको चिकित्सकहरू बताउँछन् ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा.नारायण श्रेष्ठले सुरक्षित रुपमाभन्दा असुरक्षित रुपमा हुने गर्भपतनको अवस्था डरलाग्दो रहेको बताए ।

यसलाई कम गराउँन आम जनतामाझ सुरक्षित रुपमा हुने गर्भपतनको बारेमा जानकारी पुर्याउन आवश्यक रहेको उनले बताए ।

समस्याहरू धेरै भएको जानकारी पाउँदा पाउँदै पनि स्रोत साधन र जनशक्तिको अभावले गर्दा समयमा काम गर्न कठिनाई भएको डा.श्रेष्ठको भनाइ छ ।

महाशाखा प्रमुख श्रेष्ठले गलत रुपमा गर्भपतनका औषधिको विक्रि वितरण भएको कुरालाई हदसम्म स्वीकार गरेका छन् । तर, उक्त गलत कार्यलाई रोक्ने र अनुगमन गर्ने जनशक्ति मन्त्रालय समक्ष नभएको बताए ।

आजको भोलि यसम सुधारमा ल्याउन नसकिए पनि क्रमश: कानुनको दायरामा ल्याउन हामी उद्धत रहेको उनले बताए ।

उपस्थित पत्रकारहरूले गर्भपतनको औषधि खुलेआम फार्मेसीले बिक्रि वितरण गर्दा समेत मन्त्रालयले अनुगमन नगरेको भन्दै गुनासो गरेका छन् ।

उनिहरूले गम्भीरताका साथ लिएर सबै फार्मेसी सञ्चालकहरूलाई गलत प्रयोगका बारेमा सुसुचित गराउँन समेत सल्लाह दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार देशभर १५ सय स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन गराउँन अनुमती पाएका छन् ।

महाशाखाका अनुसार पछिल्लो तथ्याङ्क अनुसार ५७ प्रतिशत गर्भपतन अहिले पनि असुरक्षित रुपमा भइरहेको छ भने, ४३ प्रतिशत मात्रै सुरक्षित भएको छ । औषधि व्यवस्था विभागका अनुसार नेपालमा गर्भपतनका लागि भनेर अनुमती पाएका ६ वटा मात्रै औषधिहरू छन् । २ ओटा प्रक्रियामा रहेका छन् ।

गण्डकी प्रदेशमा गत साउन ०७८ देखि साउन ०७९ सम्म १२ हजार ४ सय ५० जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तर, असुरक्षित रुपमा लिएको सेवा भने सरकारी तथ्याङ्कभन्दा बाहिर छ ।

दर्ता बिनाका औषधि बाहिरबाट ल्याउने र सस्तोमा बिक्रि वितरण हुने गरेको पनि चिकित्सहरूले बताएका छन् । यसको नियन्त्रण र अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभाग हो । तर, औषधि व्यवस्था विभाग समक्ष दुई दर्जनभन्दा बढी स्थायी कर्मचारी छैनन् ।

अझ प्रदेशहरूमा कर्मचारी नभएका कारण अनुगमन गर्न सकिएको छैन महाशाखा प्रमुख श्रेष्ठले भने ।

यता स्वास्थ्य तालिम केन्द्रका निर्देशक रमेश अधिकारीले आम जनतामाझ सुरक्षित गर्भपतन सेवाबारे पूर्ण जानकारी हुन आवश्यक रहेको बताए ।

उनले सुरक्षित गर्नपतन गराउँनै परेको अवस्थामा सुचिकृत स्वास्थ्य संस्थामा जान र सम्बन्धित स्वास्थ्यकर्मीबाट नेपालमा दर्ता भएका मान्यता प्राप्त औषधिको मात्रै प्रयोग गर्न अनुरोध गरे ।

यो कार्यक्रमलाई भुइ मान्छेसम्म पुर्याउन आवश्यक रहेकाले केन्द्रले यस तर्फ पनि सोचेको बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ