जुम्लामा हिमालय आँखा अस्पतालको नि:शुल्क आँखा शिविर, ४२ जनाले पाए ज्योति
काठमाडौं । नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पतालको आयोजनामा जुम्लाको हिमा गाँउपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । हिमा गाँउपालिका र कादुरी एग्रिकल्चर एशोसियसनसँगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो ।
पुस १ गते देखि ४ गतेसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८२८ जनाको नि:शुल्क आँखा परीक्षण गरिएको थियो ।
अस्पतालका आउटरिच कोर्डिनेटर सुवास नेपालका अनुसार उक्त शिविरमा ८२८ जनाको आँखाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो । सो शिविरबाट ४२ जनाको निःशुल्क मोतियाविन्दको शल्यक्रिया समेत गरिएको छ ।
शिविरमा आँखा जाँच गराएकाहरूमध्य २ सर ९७ जनालाई नि:शुल्क चस्मा वितरण गर्नुका साथै आँखामा सामान्य समस्या भएका ६ सर ७३ जना बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
नेपाल नेत्रज्योति सङ्घद्धारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा देशैभरी नि:शुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।
नेपाल नेत्रज्याति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरूमार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस