गर्भ निरोधक साधन ‘सायना प्रेस’ बजारमा


काठमाडौं । परिवार कल्याण महाशाखाले महिलाले प्रयोग गर्ने गर्भ निरोधक नयाँ साधन “सायना प्रेस (डीएमपीए–एस.सी” बजारमा ल्याएको छ । यसअघि सिन्धुली र नवलपरासी जिल्लामा परीक्षण गरी ललितपुर, कैलाली, रूकुम, मोरङ, पर्सा जिल्लामा प्रयोगमा आइसकेको छ । सो साधनको सेवा नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखा, जडिबुटीबाट पनि प्रदान गरिने सङ्घले जनाएको छ ।

परिवार नियोजनको साधन सायना प्रेस पहिलो पटक प्रयोग गर्दा महिनावारी भएको सात दिनभित्र र त्यसपछिको मात्रा तीन तीन महिनाको अन्तरालमा लगाउन सकिनेछ । सुत्केरी भएको ६ हप्तापछि लगाउन सकिने नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखामा कार्यरत वरिष्ठ नर्स विभा राईले जानकारी दिइन् ।

यसअघि प्रयोगमा आएको डीपोप्रोभेराकै सरह यसले गर्भ निरोधका लागि महिलाले प्रयोग गर्ने नयाँ साधन आएको उनले बताइन् । सायना प्रेसलाई पनि सानो सुइको माध्यमबाटै पेट, पाखुरा वा तिघ्राको बोसो जमेको भागमा लगाउन सकिने उनको भनाइ छ ।

नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखा प्रमुख शरद अर्यालले सङ्घमार्फत पहिलो पटक सेवाग्राहीका लागि प्रदान गर्न लागेको सायना प्रेस, डिपोप्रोभेरा र अन्य परिवार नियोजनका साधनजस्तै भरपर्दो रहेको परीक्षणबाट प्रमाणित भएको बताए । आगामी माघ महिनादेखि शाखाले सायना प्रेस प्रयोगको सुविधा निःशुल्क उपलब्ध गराउने उनले जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ