कर्णालीमा १५ देखि १९ वर्ष उमेरका २१ प्रतिशत किशोरीहरू कुनै पनि बेला गर्भवती
सुर्खेत । कर्णालीका १५ देखि १९ वर्ष उमेर समूहका युवतीहरू कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ ।
सुरक्षित गर्भपतन मापदण्ड र गलत व्यवहारबारे स्वास्थ्य लाइभ अनलाइन मिडियाले सुर्खेतमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत युवतीहरू कुनै न कुनै बेला गर्भवती भइरहेको बताइन् ।
कम उमेरमा गर्भवती हुने युवतीको सङ्ख्या सबैभन्दा बढी कर्णालीमा देखिएको छ । यसबाट असुरक्षित गर्भपतनको सङ्ख्या व्यापक भएको अधिकारीहरूले बताएका छन् ।
सरकासमक्ष सुरक्षित रुपमा हुने गर्भपतन त्यसमा पनि सूचिकृत स्वास्थ्य संस्थाको मात्रै तथ्याङ्क उपलब्ध छ । तर, असुरक्षित रुपमा भएको र सुचिकृत स्वास्थ्य सस्था बाहिर भएको गर्भपतनको कुनै पनि तथ्यांक सरकारसमक्ष छैन ।
निमित्त निर्देशक भट्टराईले परिवार नियोजनका साधन प्रयोग गर्नेदर बढाउँन नसकेको बताईन् । देशका सुगम प्रदेशहरूमा दातृ निकायको सहयोग फालाफाल रहेको छ । तर, कर्णाली प्रदेशमा स्वास्थ्यमा दातृ निकायको सहयोग शून्य रहेको छ ।
सरकारको नारा छ, ‘बिहेबारी बीस वर्षपारि’ यद्यपि कर्णालीमा २० वर्षभन्दा कम उमेर समूहका महिलाको गर्भपतन सङ्ख्या वृद्धि हुँदै छ भट्टराईले भनिन् ।’ नेपालमा सुरक्षित गर्भपतन गराउँनका लागि १५ सय स्वास्थ्य संस्था सूचिकृत छन् । एस्मा कर्णालीमा मात्रै ७० वटा सूचिकृत रहेको भट्टराईले बताईन् । उनका अनुसार गत वर्ष चार हजार ८ सय ६० जनाले सुरक्षित रूपमा गर्भपतन गराएका थिए ।
जनचेतनाको अभावले सुरक्षित गर्भपतन सेवाबाट महिला वञ्चित भइरहेका छन् । निमित्त निर्देशक भट्टराईले बताए अनुसार प्रदेशमा सुरक्षित गर्भपतनबारे एक वटा मात्रै तालिम भएको छ ।
नेपालमा प्रति वर्ष १२ लाख महिला गर्भवती हुने गरेकामा पाँच लाख ३९ हजार अथवा ४५ प्रतिशत अनईच्छित गर्भवती हुने गरेको छ । त्यसमध्ये एक लाख २८ हजार अनिच्छित जन्म हुन्छ । तीन लाख ५१ हजार गर्भपतन हुने गरेको छ । बाँकी ६१ हजार आफैँ खेर जाने गर्छन् ।
निमित्त निर्देशक भट्टराईले सकेसम्म गर्भपतन नगराउँन अनुरोध गरिन् । यदी गराउँनै परेको खण्डमा कानुन र स्वास्थ्यका हिसाबले सुरक्षित रुपमा गराउँन आग्रह गरिन् ।
गर्भपतन गराउँने औषधि नेपालमा ६ वटाले मात्रै प्रयोगको अनुमती पाएको छ । तर, खुला सिमाना भएकाले दर्ता बिनाका थुप्रै औषधिहरू बिक्रिवितरण भइरहेको छ । यसलाई रोक्न सञ्चारकर्मीहरूको उल्लेख्य भूमिका रहनुपर्नेछ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस