गोरखा र तनहुँमा गरी २२६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया


गोरखा र तनहुँमा गरी २२६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले डाक फाउण्डेशन पार्टन अफ ईक्युटीको आर्थिक सहयोगमा दुई ठाउँमा शिविर सञ्चालन गरी शल्यक्रिया गरेको हो ।
गोरखाको वारपाक सुलीकोट गाउँपालिकामा पुस ५ र ६ गते सञ्चालन गरिएको शिविरमा एक हजार १४५ जनाको आँखाको निःशुल्क परीक्षण गरिएको थियो ।
उक्त शिविरमा ७४ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया भएको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । वारपाक सुलिकोट गाउँपालिकासँग सहकार्य शिविर सञ्चालन गरिएको हो ।
यस्तै आँबुखैरहनी गाउँपालिकासँग सहकार्यमा पुस ८ र ९ गते सञ्चालित शिवरमा ९६९ जनाको आँखा परीक्षण गरिएको छ । उक्त शिविरमा १५२ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।

ती शिविरहरुमा भरतपुर आँखा अस्पतालका उपनिर्देशक एवं आँखा रोग विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठको नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । दुवै शिविरमा नेत्रहिन संघ पुनस्र्थापना कार्यक्रम गोरखाले सहकार्य गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ