चिकित्सक लठ्ठै पार्ने पेशागत समावेशी समूहको घोषणापत्र, के १० वर्षमा घर गाडी होला त ?
काठमाडौं । नेकपा एमाले निकट चिकित्सकहरुको संगठनले निर्वाचन लक्षित गरेर महत्वकांक्षी घोषणापत्र सार्वजनिक गरेको छ । पढ्दा र सुन्दा आनन्द आउँने विषय घोषणापत्रमा समावेश गरिएको छ । तर, उक्त घोषणापत्र कार्यान्वयमा आउँनेमा तिब्र आशंका छ ।
नेपाल चिकित्सक संघको निर्वाचन आगामी माघ ६ गतेबाट हुदैछ । उक्त निर्वाचनका लागि पेशागत समावेशी समूहले आफ्नो उम्मेदार खडा गरेको छ । मंगलबार राजधानिको एक होटलमा पत्रकारहरुमाझ कुरा गर्दै पेशागत समावेशी समूहले साँत बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
पेशागत समावेशी समूहलले चिकित्सक लठ्ठै पार्ने घोषणापत्र अगाडी सारेको छ । घोषणापत्रको एउटा बुदाले चिकित्सकलाई १० वर्षमा घर गाडी मिलाउने सम्मको कुरा दर्शाएको छ । निर्वाचनका लागि निकै गज्जबको मसला भएपनि सम्भावना भने देखिदैन ।
पेशागत समावेशी समूह डा सन्तोष पौडेलको नेतृत्वमा निर्वाचनमा होमिएको छ । उपाध्यक्षमा डा महेश महासेठ (मधेश प्रदेश), डा सञ्जय ठाकुर (बागतमी प्रदेश), डा विकास गौचन (गण्डकी प्रदेश) र डा निरज अर्याल (सुदूरपश्चिम प्रदेश) उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यता, महासचिवमा डा रक्षा श्रेष्ठ, सदस्यहरुमा डा अभियान गौतम, डा रामकृष्ण आचार्य, डा पदम नेपाली, डा रमेश श्रेष्ठ, डा स्मृति महत र डा सुरेन्द्र यादव सदस्यका प्रत्यासी छन् ।
यस्ता छन् निर्वाचन केन्द्रित घोषणापत्र
- विशिष्टीकृत चिकित्सा सेवाका लागि छुट्टै चिकित्सक सेवा ऐन बनाउने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी हालको व्यवस्थालाई यसै ऐनभित्र राखी थप चिकित्सकमैत्री बनाउने ।
- पढाईमा सधैं अब्बल, कमाइमा कहिले हुने सबल ?
- सबै डाक्टरः एक पटक सरकारी डाक्टर सबै डाक्टरलाई रोजगारीः १० वर्षमा घर गाडी ।
- वैज्ञानिक ड्युटी आवर, अनिवार्य फोर्स लिभ
- एक चिकित्सक, एक स्वास्थ्य संस्था ।
- चिकित्सा शिक्षाः सुधार र रोजगारीको अवसर ।
- संघीयता कार्यान्वयनको आधारः एनएमएमा संगठनात्मक सुधार ।
तपाईको प्रतिक्रिया दिनुहोस