स्वास्थ्य मन्त्रीको चर्चा : के रवीले मन्त्री बन्नेको योग्यतामा अङ्कुश लगाउँलान ?
काठमाडौं । देशमा कोरोना भाइरसको त्रास बढेको छ । तर, कोरोना नियन्त्रण गर्न भुमिका लेख्ने विभागीय स्वास्थ्य तथा जनसपङ्ख्या मन्त्रालयले अहिलेसम्म मन्त्री पाएको छैन । तत्काल पाउँने अवस्था समेत छैन ।
धेरैले स्वतन्त्र पार्टीमा आवद्ध भएका तीन जना चिकित्सक सभासद भएकाले एक जना मन्त्री भए हुने अपेक्षा गरेका छन् । तर, उच्च स्रोतका अनुसार पार्टी सभापति रवी लामिछानेले स्वास्थ्य मन्त्रालयले आफुले नलिने बताएका छन् ।
सभापतिले नलिने बताए पनि पार्टीमा चिकित्सक भएकाले लिदा राम्रो हुने अड्कलबाजीहरू पनि भइरहेका छन् । लिदा कसले पाउँने भन्नेमा बहस पैरवी जारी छ । डा. तोसीमा कार्की केही समय अगाडीसम्म एमाले आवद्ध भएकाले एमालेसँग मन मिल्नेहरू तोसीमा स्वास्थ्यमन्त्री भए स्वास्थ्यमा कायापलट हुने बताउँन थालेका छन् ।
नेपाल मेडिकल काउन्सिलको सदस्यमा नेकपा एमालेको कोटाबाट निर्वाचित डा. कार्की पछिल्लो समय स्वतन्त्र पार्टीमा आवद्ध भएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी कार्कीलाई निर्वाचन आयोगले पटक पटक चर्चामा मात्रै ल्याएन, निर्वाचित हुने माहोलनै बनाई दियो ।
तर, पार्टी सभापति रवी लामिछानेले योग्यता र क्षमताका आधारमा मन्त्री बनाउँने बताएकाले कार्कीको सम्भावना देखिदैन । यदी सभापतिको बोली अनुसार व्यवहार भए र स्वतन्त्रले स्वास्थ्य मन्त्रालय पाएको खण्डमा डा चन्दा कार्की बाहेक अर्को विकल्प छैन एक सभासदले भने ।
डा. चन्दा कार्कीसँग चिकित्सकको मात्रै ज्ञान नभएर प्रशासनिक ज्ञानपनि पूर्णरुपमा छ । नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसी स्वास्थ्यमा चिकित्सक नै मन्त्री हुनुपर्छ भन्ने नभएको बताउँछन् । ‘विगतमा चिकित्सकबाट पनि स्वास्थ्यमन्त्री नभएका हैनन डा. केदारले भने, तर, ‘कसैको राम्रो पर्फमेन्स भएन । त्यसैले चिकित्सक नन चिकित्सक जो भएपनि स्वास्थ्यमा मन्त्री भएर आउँदा नेतृत्व क्षमता भएको व्यक्ति आउँनु पर्छ ।’
डा. कार्कीसँग चिकित्सकको मात्रै ज्ञान नभएर प्रशासनिक ज्ञानपनि पूर्णरुपमा छ । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसी स्वास्थ्यमा चिकित्सक नै मन्त्री हुनुपर्छ भन्ने नभएको बताउँछन् । ‘विगतमा चिकित्सकबाट पनि स्वास्थ्यमन्त्री नभएका हैनन डा केदारले भने, तर, ‘कसैको राम्रो पर्फमेन्स भएन । त्यसैले चिकित्सक नन चिकित्सक जो भएपनि स्वास्थ्यमा मन्त्री भएर आउँदा नेतृत्व क्षमता भएको व्यक्ति आउँनु पर्छ ।’
डा. रामवरण यादव, डा. उपेन्द्र देवकोटा, त्यस्तै गगन थापा, अर्जुन नरसिंह केसी, उपेन्द्र यादव, राजेन्द्र महतो, विरोध खतिवडा सबै क्षेत्रबाट स्वास्थ्य मन्त्री भए तर, नेतृत्व क्षमता देखिएन उनले भने ।
यस्तो छ चन्दाको योग्यता: यसकारण रास्वपामा चन्दा उपयुक्त छन्
प्राध्यापक डाक्टर चन्दा कार्कीको स्वास्थ्य क्षेत्रमा ३८ वर्ष सेवा गरेकी छन् । जसमा उनले ८ वर्ष दुर्गम क्षेत्रको सेवा गरेकी छन् । मेडिकल एजुकेसनको क्षेत्रमा समेत २१ वर्ष अनुभव भएकी डा. कार्कीसँग काठममडौं मेडिकल कलेजको निर्देशक र प्रमुख कार्यकारी निर्देशकको अनुभव छ ।
डा. कार्कीसँग काठमाण्डौ विश्वविध्यालयको सिनेट सदस्य, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्य, नेपाल मेडिकल काउन्सिलका विभिन्न समितिहरूकी संयोजक एवं नेपाल स्त्रीरोग विशेषज्ञ समाजको अध्यक्षको समेत अनुभव छ ।
डा. कार्कीलाई राष्ट्रपतिद्वारा “वोमेन इन मेडिसिन” सम्मान र बेलायतको रोयल कलेज अफ अबसट्रेटिक्स एण्ड गाइनोकोलोजीबाट “फेलो अफ रोयल कलेज अफ रोयल कलेज अफ अबसट्रेटिक्स एण्ड गाइनोकोलोजी” सम्मान प्राप्त हुनुका निजले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा ७५ वटा भन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित गरेका छन् । अधिकारीहरु भन्छन् स्वास्थ्य मन्त्रीका लागि यो भन्दा अनुभवी र योग्यतावान व्यक्ति अरु छैन
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस