खड्गी इन्स्टिच्युटमा ३१ जना बिरामीको निशुल्क शल्यक्रिया सम्पन्न


ललितपुर । ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको निशुल्क शल्यक्रिया गरेको छ ।

इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि तीन दिने निशुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो ।

शिविरबाट २५ जना मिर्गौलामा पत्थरी भएका र ६ जना प्रोस्टेटको समस्या भएका विपन्न बिरामीको निशुल्क शल्यक्रिया गरिएको इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा सन्जय खड्गीले जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर भएर समस्या भए पनि समयमा शल्यक्रिया गर्न नसकेका विपन्न बिरामीको खोजी गरेर उनीहरुलाई निशुल्क शल्यक्रिया सेवा दिएको बताए । खड्गी इन्स्टिच्युटले आफ्नो स्थापना कालदेखि नै विपन्न वर्गका बिरामीका लागि निशुल्क शल्यक्रिया गर्दै आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ