वीर अस्पतालको सेवा अब फोन पे बाट


काठमाडौं । वीर अस्पतालले दिने सेवाहरु डिजिटल प्रणालीमा परिणत गरिएको छ । सुरुमा क्यास काउन्टरको सेवालाई डिजिटलाइजेसन गर्न अस्पतालले सोमबारदेखि फोन पे क्युआर कोड प्रणाली सुरु गरेको हो ।

सोमबार फोन पे क्युआर कोडको अस्पतालका निमित्त प्रशासकीय अधिकृत प्राडा भूपेन्द्रकुमार बस्नेतले उद्घाटन गरेका हुन् । फोन पे, प्रभु बैंकसँगको सहकार्यमा क्युआर कोड सिस्टम सुरु गरिएको डा बस्नेतले जानकारी दिए ।

उनले भने, ‘बिरामीहरुले अब नगद बोकेर अस्पताल आउनु पर्दैन । यहाँ धेरै बिरामीहरुको पर्स चोरी हुने समस्या पनि छ । तर आजदेखि बिरामीहरुले मोबाइलबाटै पैसा तिर्न सक्नेछन् ।’

बिरामीको सहजताका लागि उक्त क्युआर कोड प्रणाली सुरु गरिएको डा बस्नेतलले बताए । वीर अस्पताललाई विस्तारै पपेरलेस र डिजिटलाइजेन अस्पतालको रुपमा विकास गरिदै लैजाने उनले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ