वीर अस्पतालले ल्यायाे ‘स्लिप ल्याब’ उपचार प्रविधि


काठमाडौं । वीर अस्पतालले ‘स्लिप ल्याब’ उपचार प्रविधि संचालनमा ल्याएको छ। अस्पतालमा एक कार्यक्रमकाबीच स्लिप ल्याबसँगै ब्रोन्कोस्कोपी र इबस सेवाको उदघाटन स्वास्थ सचिवले गरे।

सचिव पोखेरलले वीर अस्पतालले आफ्नो सेवालाई विस्तार र प्रविधि मैत्री बनाउँदै लगेकाे र आगामी दिनमा अझै राम्रो गर्न सुझाए।

सरकारी स्तरमा पहिलो स्लिप ल्याब संचालन वीरमा  भएको हाे ।  ‘विश्वभर ६ प्रतिशत बढि मानिसलाई निद्रा सम्बन्धी समस्या छ। नेपालमा निद्राकाे समस्या बारे कुनै तथ्यांक छैन । अधिकारीहरु भन्छन् नेपालमा अनुमानित १७ लाख मानिसलाई  निद्राको समस्या छ ।

स्लिप ल्याबको संचालनले निद्रा, घुराई सम्बन्धी अनुसन्धानलाई पनि सहज बनाउने अस्पतालका कार्यकारी निर्देशक डा भुपेन्द्र कुमार बस्नेतले बताए । निर्देशक डा बस्नेतले श्वासप्रश्वास र निद्रासम्बन्धी बिरामीहरु बढीरहेको अवस्थामा स्लिप ल्याब धेरै महत्वपूर्ण भएको बताए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ