जाडोमा स्वस्थ रहन यी खानेकुरामा ध्यान दिऔं
काठमाडौं । धेरै चिसोले हामीहरुलाई तनाव दिने गर्छ। चिसोको असर कम गर्नलाई तात्तातो कुराहरुको आवश्यकता पर्छ। जसमा हामीले खानेकुराहरुको पनि भूमिका रहने गर्दछ ।
जाडो मौसममा तातो सुपदेखि लिएर पराठा भोक मेटाउनुका साथै चिसोलाई कम गर्नपनि मद्धत गर्छ । चिसोबाट बच्न यी खानेकुराहरु ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।
मुलाको पराठा :
जाडोमा तातो पराठा खानको लागि मज्जा आउछ। बिहानको नास्तामा पराठाले भोक शान्त गर्नुका साथै मिठो स्वादपनि दिन्छ। मुलालाई पिसेर हरियो धनियाँ, अदुवा, लसुन र जिरा राखेको मसाला तयारगरी गहुँको पिठोमा राखेर बनाउन सकिन्छ। यसरी पकाएको पराठालाई चट्नी र राइतोको साथमापनि खान सकिन्छ।
तोरीको साग :
मकैको रोटी र तोरीको साग धेरैले मन पराउछन्। चिसोमा तपाईंपनि यसको प्रयोग गर्न सक्नुहुन्छ। तोरीको पातसँगै हरियो पालुङ्गो, मेथी मिलाएर साग बनाइ तातो मकैको रोटीसँग खान सकिन्छ।
रोस्टेड टमाटरको सुप :
तातो सुपले भोक बढाउछ। टमाटरलाई चुल्होमा वा ग्यासमा पोलेर यसको सुप तयार गर्न सकिन्छ।
सखरखण्ड वा पिँडालु :
शाकाहारीहरुका लागि आगोमा पोलेको वा पानीमा बफाएको खानेकुराहरु मनपर्छन। जसअन्तर्गत सखरखण्ड, पिडालु, कन्दमुल आदी पर्ने गर्छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस