एघारौँ तहमा बढुवाका लागि विभिन्न कर्मचारीको नाम सिफारिस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ जना कर्मचारीहरुलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको बैठकले चिकित्सक, नर्सहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालका चिकित्सक बिजय थापालाई प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन सर्जनको रुपमा एघारौँ तहमा बढुवाको सिफारिस भएको छ । यस्तै डा लिपा बैद्यलाई प्रमुख कन्सलटेन्ट साइक्रयाटिकमा बढुवाका लागि सिफारिस भएको छ ।
यसैगरी प्रमुख कन्सलटेन्ट रेडियालोजिष्टको रुपमा एघारौँ तहमा दुई जनाको बढुवाको सिफारिस भएको छ । त्यसरी सिफारिस हुनेहरुमा डा सुरेश थापा र डा प्रशान्त खतिवडा रहेका छन् ।
यस्तै प्रमुख कन्सलटेन्ट इएनटी सर्जनमा डा विक्रम बुढाथोकी, प्रमुख कन्सलटेन्ट पेडियाट्रिक मेडिसिनमा डा शैलेश ठाकुर , प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्टमा डा रेश्मा श्रेष्ठ, प्रमुख कन्सलटेन्ट गाइनोकोलोजिष्टमा निर्मला लक्ष्मी श्रेष्ठ बढुवा भएका छन् ।
यसैगरी प्रमुख अस्पताल नर्सिङ प्रशासक मा हिराकुमारी निरौला, प्रमुख कन्सलटेन्ट डेन्टल सर्जनमा डा प्रमोदकुमार कोइराला र प्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्टमा श्रवणकुमार मिश्र बढुवामा सिफारिस भएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस