एसिड आक्रमण पीडितको यी अस्पतालमा निःशुल्क उपचार हुने


काठमाडौं । एसिड आक्रमण पीडितको उपत्यकाका ४ अस्पतालमा निःशुल्क उपचार हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौं, वीर अस्पताल, महाबौद्ध, काठमाडौं, पाटन अस्पताल, ललितपुर र कीर्तिपुर अस्पताल, काठमाडौंमा एसिड आक्रमणमा परेका पीडितहरुको लागि निशुल्क उपचार हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी अस्पतालबाट एसिड आक्रमणमा परेका पीडितहरुको निःशुल्क उपचार हुने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मन्त्रिपरिषद्बाट निर्णय भए बमोजिम ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि, २०७८’ अनुसार पीडितहरुको आकस्मिक उपचारका लागि देशकाे कुनै पनि स्वास्थ्य संस्थाबट निःशुल्क सेवा लिन सक्नेछन् ।

आकस्मिक उपचार पश्चात एसिड आक्रमणमा परेका पीडितका लागि थप उपचार गर्नु परेमा शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताबाट निःशुल्क स्वास्थ्य उपचार सेवा दिने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ