विद्यालयमा नर्स राख्ने बागमती प्रदेशको सफल कार्यक्रम
काठमाडौं । विद्यालयमा नर्स राख्ने बागमती प्रदेशको सफल कार्यक्रम भएको छ । बागमती प्रदेश सरकारको ल्याएको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी र सफल भएको प्रदेशको स्वास्थ्य मन्त्रालयको दाबी छ ।
बागमती प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री निमा लामाले प्रदेश सरकारले अगाडि सारेको एक विद्यालय एक नर्स कार्यक्रम सफल भएको बताए । यो कार्यक्रमलाई नयाँ सरकारले निरन्तरता दिँदै थप विस्तारका जोड दिनुपर्ने उनको भनाइ छ ।
प्रदेशको विभिन्न सरकारी विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत ५ सय १९ जना नर्स राखिएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका सबै सरकारी विद्यालयमा नर्स भर्ना गर्ने मन्त्रालयको लक्ष्य छ । विद्यालयमा नर्स राख्ने कार्यक्रम प्रभावकारी बनेसँगै विभिन्न सामुदायिक विद्यालयबाट नर्स राख्न दवाव आएको मन्त्रालयको भनाइ छ ।
बागमती प्रदेश सरकारको एक विद्यालय, एक नर्स कार्यक्रम सफल र प्रभावकारी भएकाले अन्य प्रदेशले पनि अनुसरण गर्दा उपयक्त हुने देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस