टिचिङमा हालसम्म ९ जनाले कलेजाे प्रत्यारोपण सेवा लिए
काठमाडौं । टिचिङ अस्पतालमा हाल सम्म ९ जनाले कलेजाे प्रत्याराेपण सेवा लिएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शुक्रबार एक जनाकाे कलेजो प्रत्यारोपण भएको हाे । याे सँग सेवा लिने ९ जना पुगेका हुन् । यश अघि ९ महिना पहिला प्रत्यारोपण भएको थियाे ।
कलेजो प्रत्यारोपण डा रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले करीव १२ घण्टा लगाएर ५२ बर्षका पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । ती पुरुषलाई उनका १९ वर्षका छोराले प्रत्यारोपणका लागि कलेजो दान गरेका थिए ।
१९ वर्षका छोराको दाँया भागको कलेजे काँटेर ५२ बर्षको बाबुलाई प्रत्यारोपण गरिएको हो । अहिले दुबै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको छ,’ डा भण्डारीले भनेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस