विमान दुर्घटनामा परी मृत्यु भएका चिकित्सकहरू डा. श्रेष्ठ, डा.दिवाकर र डा. थापाप्रति एनएमएको श्रद्धाञ्जलि


काठमाडौं । नेपाल चिकित्सक सङ्घले यति एयरलाइन्सको जहाज दुर्घटनामा परी ३ जना चिकित्सकको मृत्यु भएकोप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ।

आइतवार बिहान काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको एनवाइटी ६९१, ९ एन-एएनसी विमान दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको हो ।

विमान दुर्घटनामा सङ्घका आजिवन सदस्य डा. सुशिल श्रेष्ठसहित डा. शोना दिवाकर र डा. गणेश थापाको पनि मृत्यु भएको हो ।

सङ्घका महासचिव डा. बद्री रिजालद्वारा जारी शोक व्यक्तव्यमा शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदानहोस् भनेर कामना गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ