शोकले स्थगित राष्ट्रिय भूकम्प सुरक्षा दिवस
काठमाडौं । प्रकृतिक विपत्तमध्ये कहाली लाग्दो विपत्ति जुन देख्न नसकिने अकल्पनीय र अनुमान गर्न नसकिने विपत्ति भूकम्प हो । भुकम्प आजको दिन बि.स. १९९० माघ २ गते नेपालमा भएको विनाशकारी नेपालको इतिहासमा विभिन्न कालखण्डमा कहाली लाग्दो कथाहरु देख्न सकिन्छ ।
नेपाल सरकारले बि.स. १९९० माघ २ गते गएको विनाशकारी भूकम्प ठूलो धनजनको क्षति अवका पुस्ताले यस प्रकारको विनाशकारी क्षति व्यहोर्न नपरोस् भनेर सजक गराई राख्न सो को सम्झनामा हरेक वर्ष देशभर माघ २ गतेलाई राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउने गरेको छ । नेपालमा भूकम्पको अवधी हेर्ने हो भने नेपालमा हरेक साठी वा सत्तरी वर्षमा भूकम्पको विध्वंसात्मक रुपमा आइरहेको छ ।
विज्ञहरुका अनुसार सामान्य रुपमा पृथ्वी जुनसुकै कारणले हल्लिएको भए पनि भए पनि त्यो भूकम्प हो । सामान्यतय भूकम्प चार किसिमले जान्छ पहिलो टेक्निकल प्लेटको चालको कारण, दोस्रो ज्वालामुखी बिस्फोटका कारण, तेस्रो कोल्याप्स भूकम्पका कारण र चौथो भनेको आणविक परीक्षणका कारण जान्छ । पृथ्वीमा सामान्यता सात मुख्य प्लेटहरु हुन्छन । तिनीहरु एकआपसमासँगै हिँडिरहेका हुन्छन् जव ति प्लेटहरु आपसमा ठोकिन्छ त्यो ठाँउमा भूकम्प जाने गर्दछ । पृथ्वीको सतहभन्दा ३० किलोमिटर माथीबाट आउने स्यालो, ३० देखि ७० किलोमिटरसम्मको मिडियम र ३० देखि ३ सय मिटरसम्मको डिप हो । पृथ्वीमा भूकम्प जादा बढी क्षति गर्ने भनेको स्यालो भूकम्पले हो । भूकम्प होरिजेन्टर र भर्टिकल वेभबाट जाने गर्दछ । कहिलेकाही दुवे वेभवाट जाने गर्छ । यस्तो भयो भने पृथ्वीला ठूूलो असर पु¥यादछ ।
“भुकम्प सुरक्षित पुर्वाधार, सुरक्षित जीवनको आधार” नाराका साथ आज माघ २ गते २५ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस सरकारले मनाउने तयारी गरेको थियो । तर, नेपालमा हिजो काठमाण्डौ पोखरा यती एअरलाइन्सको एटीआर विमान दुर्घटनाबट भएको मानविय क्षतीको सम्झनामा आज बिमान दुर्घटनाले सरकारले शोक दिवस मनाउने घोषणा गरेकोले आजको कार्यक्रम स्थगित गरिएको प्रचार प्रसार उपसमितिका सदस्य सचिव तथा भूकम्प प्रविधी राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिए । दिवसका अवसरमा मुल समारोह समितिले सोमबार कमलपोखरी क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरेको थियो । भूकम्पवाट सुरक्षित हुन जागरण फैलाउने उदेश्यले प्रदर्शनी समेत आयोजन गर्ने तयारी गरेको थियो ।
नेपालमा भुकम्पको इतिहास :
मानविय तथा संरचना क्षतिका हिसावले नेपालमा बि.स. १९९० माघ २ गते विनाशकारी भूकम्प ८.४ रेक्टर स्केलको संखुवासभा जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर गएको थियो । उक्त भूकम्पमा परेर ८ हजार ५१९ मानिसको मृत्यु भयो ।
काठमाडौं उपत्यकामा मात्र करिब ४ हजार ५०० मानिसको ज्यान गएको घर, देवल, पार्टी पौवा र सार्वजनिक भवन समेत गरि २ लाख ७ हजार ४० भत्किएको थियो । बि.स. २०४५ बैशाख ५ गते विनााशकरी भूकम्प ६.७ रेक्टर स्केलको उदयपुरको मुर्कुची केन्द्रबिन्दु भएर गयो । उक्त भूूकम्पमा परि करिब ७५० मानिसको मृत्यु र करिब ६ हजार ५०० भन्दा बढी घर ध्वस्त भएका थिए । बि.स. २०७२ बैशाख १२ गते ७ं.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गोर्खाको वारपाक केन्द्रबिन्दु भएर गएको थियो । उक्त भूकम्पमा परी
करिब ५ हजार १६२ मानिसको मृत्यु भयो । नेपालको ठूलो मात्रामा धार्मिक स्थल तथा काठमाडौं उपत्यकाका सम्पदा सूचीकृत स्थलहरु समेतमा क्षति भएको थियो । बि.स. २०७२ बैशाख २९ गते पुनः ७ं.३ रेक्टर स्केलको विनाशकारी भूकम्प गयो । उक्त भूकम्पबाट २०० भन्दा वढी मानिसको मृत्यु भएको थियो । अन्य समयमा पनि बिभिन्न पराकम्पन तथा भूकम्प गएका छन् ।
भूकम्पबाट बच्ने उपाय
सामान्यतयाः भुकम्पबाट बच्ने प्रमुख उपाय भनेको भूकम्पबाट सुरक्षित संरचनाहरुको निर्माण गर्नु र यसका लागि पूर्वतयारीको अवस्थामा रहनु नै यसबाट बच्ने उत्तम उपाय हो । भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्दा प्रविधिमैत्री तथा भूकम्प प्रतिरोधी निर्माण गर्नु नै हो । प्रकृतिक विपत्ति भूकम्प आउने पूर्व सूचना बिनाकारण कुकुर भुक्नु, चराचुरुंगी एकाएक कराउनु, गाईबस्तुहरु आत्तिनु आदि अस्वाभाविक अवस्थालाई भूकम्प जाने सकेत मानिन्छ । यसबाट बच्न सामान्यता उल्लेखित सुरक्षित उपाय अपनाउनु जरुरी देखिन्छ ।
• भूकम्पवाट बच्नु भनेको पूर्वतयारी हो । भवन तथा भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउनु आवश्यक छ ।
• प्राविधिक सल्लाह लिएर मात्र पुरानो संरचना मर्मत भारी सामान भए नहल्लीने गरि सुरक्षित गर्ने व्यावस्था गर्नुपर्छ ।
• भूकम्प जहिले पनि जाने भएकोले जहिले पनि जोगिन सक्छु भन्ने आफु प्रयोग गर्ने र गइरहने क्षेत्रका सुरक्षित स्थानहरुको वारेमा हेक्का राख्नुपर्छ ।
• भूकम्प आइहालेमा सुरक्षित स्थानमा जानुपर्छ नडराई अरुलाई सूचना दिने, सहयोग गर्ने, घाइतेलाई सुरक्षित स्थानमा जान सहयोग गर्ने ।
• ड्राइभिङ्ग गर्दा भूकम्प आएमा एक छिन अडिएर सुरक्षित स्थानतिर जानुपर्छ । बाटो सडकका पोल, होडिङ्ग बोर्ड र घरका छेउमा बस्नु हुँदैन ।
• आफ्नो घर, टोल, अफिसका सुरक्षित स्थानहरुको पहिचान गरि भूकम्प आएको खण्डमा त्यस क्षेत्रमा जानुपर्छ ।
• पहिरो जाने ढुगा वा चट्टान खस्ने क्षेत्रबाट सुरक्षित रहनुहोला । घरबाहिर निस्कदा आगोका स्रोत तथा विद्युत उपकरणहरु बन्द गर्नुहोला ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस