चन्द्रमामा पुग्ने स्वास्थ्यमन्त्रीका कुरा, तर पोखरा जहाज दुर्घटनाका ‘लास’ राख्ने ठाउँ छैन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक चिकित्सक र एक गैर चिकित्सक गरी दुई जना मन्त्री पाएको छ । नेकपा एमालेबाट पदम गिरी स्वास्थ्य मन्त्री भएका छन् भने राष्ट्रिय स्वतन्त्र पाटीबाट डा. तोषिमा कार्की राज्यमन्त्री भएकी छन् ।
दुई मन्त्रीले आफ्नो कार्यकालमा जनताले पैसा नभएर मर्नुपर्ने दिन देख्न नपर्नेगरी काम गर्ने बाचा गरेका छन् । काठमाडौं र दार्चुलाका जनताका लागि एउटै किसिमको स्वास्थय सेवा दिने प्रण पनि उनिहरूको छ । भाषण निकै महत्वकाङ्क्षी छ ।
स्वास्थ्यमा आउँने मन्त्रीले साना कुरा गरेको कहिल्यै सुनिएको छैन । उनिहरुका कुरा आँकाशमा उड्दा उड्दैका चरा समाउँने खालका हुन्छन् । तर, उनिहरुले नसोचेको पाटी भिन्न छ । देशमा कुनै भबितव्य परे शब राख्ने क्षमता स्वास्थ्य सस्थामा छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह सचिव डा. कृष्ण प्रसाद पौडेलले विपदमा शव व्यवस्थापन गर्न नसकिएको बताए ।
‘स्वास्थ्य सस्थाहरुको पुर्नउत्थान गर्नुपर्ने अवस्था आएको छ’ उनले भने, ‘पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा त्यहाँ मृत्यु भएकाहरूको लाश राख्न सक्ने क्षमता भएन ।’ दुखका साथ भन्नु पर्छ पोखरामा हामीले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएका छौं तर, जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव राख्न समेत सकेनौं,’ उनले थपे ।
यस्ता अत्यावश्यक विसय कसरी सुधार गर्ने भन्नेमा ध्यान नदिएर मन्त्री पदम गिरी कान्ति बाल अस्पतालको अनुगमन गर्न पुगेका थिए । जहाँ उनले सुधार गर्न सक्ने केही थिएनन् ।
चिकित्सक अभाव छ, मन्त्रीले दिन सक्दैनन् । उपकरण अभाव छ, मन्त्रीले दिन सक्दैनन् । बिरामीले वेड र विशेषज्ञ चिकित्सक पाउँदैनन मन्त्रीले दिन सक्दैनन् । यस्तो नसक्ने स्थानमा अनुगमन जाँनु भनेको मन्त्रीले काम नगर्ने शङ्केतका रुपमा धेरैले बुझेका छन् ।
आइतवार पोखरामा भएको यती एअरसाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो । मृत्यु भएका मध्ये ७० शव फेला परेका छन् । ती मध्ये २२ वटाको पोखरामै शनाखत भएको छ । बाँकी ४८ शवमध्ये २५ वटा सेनाको उडान मार्फत काठमाडौं ल्याइएको छ । अन्य शव पनि ल्याउने तयारी भएको छ ।
स्वास्थ्यमा कायापलट गरेको र गर्छु भन्ने मन्त्रीहरू गएका र आएका छन् तर, १० जनाको मृत्यु भए शव राख्न सक्ने क्षमताको विकास गर्न सकेका छैनन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस