स्वास्थ्यका दुवै मन्त्रीबीच विवाद सुरु ! मन्त्रीले सदर गरेको फायल राज्यमन्त्रीले मागेपछि कर्मचारी तनावमा
काठमाडौैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई मन्त्रीबीच विवाद सुरु भएको छ । राज्यमन्त्री डा. तोषिमा कार्कीले मन्त्री पदम गिरीले सदर गरेको फायल मागेर आफू पनि गर्ने बताउँन थालेपछि कर्मचारीमा तनाव बढेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कुनै न कुनै विषयले चर्चा पाइरहने ठाउँ हो । कहिले सचिवका विवाद त कहिले मन्त्रीका विवादले चर्चामा आउँने मध्ये पहिलो नम्बरमा पर्छ स्वास्थ्य ।
मङ्गलवार मात्रै पदबहाली गरेका स्वास्थ्यका मन्त्री र राज्यमन्त्री फरक फरक पार्टीका छन् । यसैले धेरैको बुझाई उनिहरू आपसमा टोकाटोक गर्छन् भनेर धेरैले अनुमान लगाएका छन् ।
उनिहरूको अनुमान २४ घण्टा पनि कट्न पाएन । पदबहाली लगत्तै स्वास्थ्यमा दुई मन्त्री बिच विवाद सुरु भएको हो ।
उनिहरूबीचको विवाद सतहमा आउँन पाएको छैन । सम्भवत: मन्त्रीलाई समेत राज्यमन्त्रीले खेलेको खतरनाक रणनीतिको जानकारी छैन । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘स्वास्थ्यमा विगतमाभन्दा बढी विवाद देखिने शङ्केत हामीले पाएका छौं ।’
मङ्गलवार पदभार ग्रहण पछि राज्यमन्त्री डा.कार्कीले स्वास्थ्य मन्त्रालयका कर्मचारीसँग मन्त्रीले सदर गरेको फायल मागेकी थिइन् । एक अधिकारीले भने, ‘उहाँले मन्त्रीले सदर गरेको फायल आफूकहाँ ल्याउँन भन्नुभयो जुन नियम अनुसार मिल्ने कुरै भएन । राज्यमन्त्रीले मन्त्रीले दिएको अधिकार मात्रै प्रयोग गर्ने हो । यस अगाडीका मन्त्रीले राज्यमन्त्रीलाई अधिकार दिएका थिएनन् । तत्कालीन स्वास्थ्य मन्त्री गगन कुमार थापाले भने आफ्नै पार्टीका राज्यमन्त्री तारामान गुरुङ्लाई ९ तहसम्मका चिकित्सकको सरुवा र अस्पतालहरुको अनुगमन गर्ने जिम्मा दिएका थिए ।’
राज्यमन्त्री डा.कार्कीले अधिकार नै नपाउँदै मन्त्रीले निर्णय गरेको फायल माग्न थालेपछि स्वास्थ्य मन्त्रालयका कर्मचारी पनि तनावमा देखिएका छन् ।
म पनि मन्त्री हो । उहाँ पदम गिरीले गरेको निर्णयमा मेरो पनि सही हुनुपर्छ ल्याउनु होला भनेपछि कर्मचारीले घुमाउँरो पारामा सम्झाएको एक अधिकारीले स्वास्थ्य लाइभलाई बताए ।
यही अवस्था देखिए स्वास्थ्यका कुनै पनि फायल अगाडी बढ्दैनन् उनले भने । ‘मन्त्रीले हो निर्णय गर्ने तर, यसमा राज्यमन्त्रीको अश्वभाबिक चासो बढे फायल सबै शाखा महाशाखामै रोकिने छन्,’ उनले भने ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस