सहिद धर्मभक्त मानवअङ्ग प्रत्याराेपण केन्द्रद्वारा एक हजार जनामा सफल अङ्ग प्रत्यारोपण
![](https://www.swasthyalive.com/wp-content/uploads/2023/01/received_527700242791056.jpeg)
काठमाडौं । सहिद धर्मभक्त मानवअङ्ग प्रत्याराेपण केन्द्रले एक हजार जनाको अङ्ग सफल प्रत्यारोपण गरेको छ । एक हजार सफल अङ्ग प्रत्यारोपण गरेको अवसरमा केन्द्रले आज एक कार्यक्रमको आयोजना गरेको छ ।
केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले पहिलोपटक कलेजो प्रत्याराेपण गरेको र हालसम्म एक हजार जनाको सफलताका साथ अङ्ग प्रत्यारोपण गरिएको बताए ।
उनले ९९% सफलताका साथ सरकारी अस्पतालमा भएको उल्लेख गर्दै कलेजाे र मस्तिष्क मृत्यु भएकाहरूकाे अङ्ग झिकेर प्रत्याराेपण गरिएको बताए।
तीन महिने करार सेवाबाट सुरु गरेकाे सेवा छाेटाे समयमा अन्तर्राष्ट्रिय जगतमा चिनिएको डा. श्रेष्ठले जिकिर गरे ।
उनले ९८ प्रतिशत मिर्गौला प्रत्याराेपी सहज जीवन बाँचिरहेको पनि जानकारी गराए ।
‘वर्षमा ३ हजार प्रत्याराेपी गर्नुपर्ने छ । सात प्रदेशमा सेवा विस्तार गर्न तत्पर छाै, केहीमा काम सुरु भएकाे छ,’ उनले भने ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.राेशन पाेखरेलले विगतमा सुस्ताएकाे सेवा अहिले गतिमा चलेकाे भन्दै मिर्गौला डायलासिस र प्रत्याराेपण नि:शुल्ककाे व्यवस्थाले राहत मिलेको बताए।
सङ्घीय अस्पताल सात प्रदेशमा सुरु हुँदैछ भन्दै डा. पोखरेलले राज्यले महत्वपूर्ण ठानेर सेवा विस्तार गर्न लागेको बताए ।
डा. पोखरेलले भने, ‘स्थान अभाव भएकाे छ । स्थान अभावले एक सयबाट ३ सय वेडमा पुर्याउन सकिन्छ। केन्द्रलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउनु पर्छ ।’
अङ्ग दान
अङ्ग दान एउटा महान मानविय कार्य हो। हाम्रो मृत्यु पछि डढेर र गलेर जाने अङ्गले अरुको जीवन बचाउन सकिन्छ। अङ्ग शरीरको एउटा विशेष काम गर्ने अवयव हुने जस्तै मुटु, फोक्सो, मिर्गौला, कलेजो प्यानक्रियाज तथा आन्द्रा इत्यादी । त्यस्ता रोगीहरू जसको यस्तो अङ्गको रोगको कारण अङ्ग विफलताको अन्तिम चरणमा बसेर मृत्यु कुरेकालाई यस्ता अङ्गदानले नयाँ जीवन दिन्छ ।
तन्तु दान
तन्तु, शरीरका कोसहरूको एक समुह हो जसले मानव शरीरमा विशेष काम गर्दछ । जस्तै आखाँको कर्निया, मुटुको भल्भ, छाला इत्यादी । यस्ता दान गरिएको तन्तु प्रत्यारोपणले प्रत्यारोपित व्यक्तिको जीवनको कष्ट कम हुन्छ ।
नेपालको मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन,२०५५ अनुसार अङ्गदान निम्न प्रकारको हुन्छ :
१) जिउँदो व्यक्तिले गर्ने अङ्ग दान १८ वर्षभन्दा माथिका व्यक्तिले स्वइच्छाले जानीवुझी आफ्नो नजिकको नातेदारलाई चिकित्सकीय उदेश्यको साथ मानव अङ्ग मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ कानुनको अधिनमा रही अङ्ग दान गर्न सक्छन् ।
यस्ता व्यक्ति अपनो जीवनकालमा नै केही अङ्गहरू जस्तै एउटा भाग
(एउटा मिर्गौलाले सामन्य जीवन बिताउन त्यस्तै कलेजोको केही भागको दान, कलेजोको भागको दान पछि, दानकर्ता र प्रत्यारोपित व्यक्तिका
कलेजो पुनःविकसित हुन्छ।)
जिउँदोमा गरिने अङ्गदानको प्रकार :
क) नजिकको नातेदार दानकर्ता
ख) दुई वा दुईभन्दा बढी परिवारको आपसी सहमतिमा साटासाट
२) मरणेपरान्त अङ्ग दान
कुनैपनि आयुको व्यक्तिले मृत्यु (मस्तिष्क मृत्यु) भएपछि अङ्ग दान गरी, धेरै व्यक्तिको जीवन बचाउन सक्छन्।
यसको लागि मृत्यु अघि नै उक्त व्यक्तिले स्वेच्छाले अङ्गदान गर्न चाहेको लिखित मन्जुरी दिएको हुनुपर्छ परिवारको कुनै सदस्यले मृतकको शरीरको अङ्ग दान गर्न वा यस्तो लिखित मन्जुरी नभएको अवस्थामा मृतकको लिखित मञ्जुरी दिएको हुनुपर्दछ ।
मरणोपरान्त अङ्गदान कि घरमा ? अस्पतालमा मस्तिष्क मृत्यु पछिको अङ्ग दान, कुनै व्यक्तिको मृत्यु अस्पतालको आई. सी.यू. मा भई, मस्तिष्क मृत्यु घोषणा भएपछि मात्र सम्भव हुन्छ । घरमा मृत्यु भएको व्यक्तिको निर्धारित समयभित्र आँखा दान मात्र सम्भव हुन्छ ।
मस्तिष्क मृत्यु
ब्रेन स्टेम जीवनलाई सुचारू राख्न चाहिने मस्तिष्कको एक महत्वपुर्ण भाग हो । मस्तिष्क मृत्यु भएको व्यक्ति स्वयं श्वास स लिन सक्दैनन् र श्वासको
लागि भेन्टिलेटरमा निर्भर रहन्छन् । भेन्टिलेटरको हातले सासलिए पनि उसको नाडी, रक्तचाप एवं जीवनका लक्षण महसुस गर्न सकिन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्ण रूपमा मृत घोषित गर्दछ । यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतीमा अङ्ग निकाल्ने काम हुन्छ ।
कतिपय व्यक्तिलाई कोमा र मस्तिष्क मृत्युको अन्तरमा शङ्का हुन सक्छ । कोसमा रहेको बिरामी कुनै पनि बेला ठीक हुने सम्भावना रहन्छ । कोमाको बिरामीलाई मस्तिष्क मृत्यु भएको घोषणा गर्न सकिँदैन ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस