एनएचआरसीको कर्मचारी विनियमावली पास भएसँगै कर्मचारी थप्ने बाटो खुल्यो


काठमाडौं । स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अथक प्रयासपछि उक्त सस्थाको कर्मचारी विनियमावली पास भएको छ । लामो समयदेखि अड्किदै हराउँदै अगाडी बढेको फाइल पास भएको हो ।

विनियमावली पास भएसँगै परिषदमा नयाँ कार्मचारी नियुक्तिदेखि कर्मचारीको बढुवा लगायतका काम अगाडि बढ्ने परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीले जानकारी दिए । यसलाई पास गराउँन ज्ञवाली, प्रमुख अनुसन्धानकर्ता डा मेघनाथ धिमाल र लेखा प्रमुख सुवोध कर्ण हात धुएरै लागेका थिए ।

साथै स्वास्थ्य सचिव डा रोशन पोखरेलले पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको कर्मचारी विनियमावली पास गराउँन उल्लेख्य भूमिका खेलेका छन् । बि.स २०७४ सालमा विनियमावली तयार पारिएको थियो । विनियमावली पास परिषद्को इतिहासमा ठुलो उपलब्धी भएको डा ज्ञवाली बताउँछन् ।

विनियमावली पाससँगै अब परिषद्लाई कम गर्न सहज हुने देखिएको छ । ज्ञवालीका अनुसार विनियमावलीमा परिषद्मा स्थायी कर्मचारीको दरबन्दी संख्या बढाएर ७० पुर्याउने उल्लेख छ । हाल २३ जना छन् । जसमा ११ औं तहका विशेषज्ञदेखि तल्लो तहका कर्मचारीसम्मको व्यवस्था छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ