दादुरा महामारी क्षेत्रकाे अवलोकन गर्न स्वास्थ्यमन्त्री सहितको टोली बाँके जादै


काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकामा फैलिएको दादुरा महामारी क्षेत्रकाे अवलाेकन र नियन्त्रणमा स्वास्थ्यमन्त्री पदम गिरी सहितकाे टाेली आज बाँके जादैछ ।

स्वास्थ्य अधिकारीहरुले बताए अनुसार स्वास्थ्यमन्त्री पदम गिरी, सचिव डा राेशन पाेखरेल, नीति याेजना प्रमुख डा कृष्ण प्रसाद पाैडेल लगायत चिकित्सकिय टाेली जान लागेका हुन् ।

१ जनाकाे मृत्यु र सयाै बालबालिका बिरामी हुनेगरी फैलिएको दादुरा नियन्त्रण बाहिर गएपछि सरकारी अधिकारीहरुले महामारी घाेषणा गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा पौष १२ बाट देखिएको दादुराको प्रकोपलाई रोक्न पौष २२ गतेबाट ६ महिना देखि १५ बर्ष मुनिका ४२,९७८ बालबालिकाहरुलाई दादुरा बिरुद्दको खोप अभियान शुरु गरिएको छ । खाेप अभियान अन्तर्गत माघ ५ गते सम्ममा ४३, २४६ जना (१००.६२%) लाई खोप प्रदान गरि रोगको स्वास्थ मन्त्रालयले जनाएकाे छ  ।

याे संख्या तोकिएको लक्ष भन्दा बढी हाे । खाेपले जोखिमबाट सुरक्षित बनाईएकाे छ । हाल रोग नियन्त्रणमा रहेको र छुट बालबालिकाहरुलाई खोज्ने र खोप लगाउने कार्य निरन्तर रहने मन्त्रालयका नीति याेजना प्रमुख कृष्णप्रसाद पाैडेलले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ