दादुरा प्रभावित क्षेत्र बाँके पुग्याे मन्त्री सहितको टाेली, सबै प्रदेशमा छलफल चलाईने
काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकामा फैलिएको दादुरा महामारी क्षेत्रकाे अवलाेकन र नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पदम गिरी सहितकाे टाेली बाँके पुगेकाे छ । टाेलीले बाँकेका स्वास्थ्यकर्मीहरुसँग छलफल गरेकाे छ ।
स्वास्थ्यमन्त्री सहित सचिव डा राेशन पाेखरेल, नीति याेजना प्रमुख डा कृष्ण प्रसाद पाैडेल लगायत चिकित्सकिय टाेली सहभागी छन् ।
बाँके सहित सुर्खेतमा समेत दादुराका बिरामी फेला परेपछि सरकार हच्किएकाे छ । अब बाँके मात्रै नभइ सातै प्रदेशमा छलफल गर्ने भएकाे छ ।
१ जनाकाे मृत्यु र २४६ बालबालिका बिरामी हुनेगरी फैलिएको दादुरा नियन्त्रण बाहिर गएपछि सरकारी अधिकारीहरु बाँके पुगेका हुन् । १८४ जना निकाे भइसकेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा पौष १२ बाट देखिएको दादुराको प्रकोपलाई रोक्न पौष २२ गतेबाट ६ महिना देखि १५ बर्ष मुनिका ४२,९७८ बालबालिकाहरुलाई दादुरा बिरुद्दको खोप अभियान शुरु गरिएको छ ।
खाेप अभियान अन्तर्गत माघ ५ गते सम्ममा ४३, २४६ जना (१००.६२%) लाई खोप प्रदान गरि रोगको स्वास्थ मन्त्रालयले जनाएकाे छ ।
याे संख्या तोकिएको लक्ष भन्दा बढी हाे । खाेपले जोखिमबाट सुरक्षित बनाईएकाे छ । हाल रोग नियन्त्रणमा रहेको र छुट बालबालिकाहरुलाई खोज्ने र खोप लगाउने कार्य निरन्तर रहने मन्त्रालयका नीति याेजना प्रमुख कृष्णप्रसाद पाैडेलले बताए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस