भेरी अस्पतालकाे नयाँ डायलाईसिस कक्ष उद्धाटन


बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरिले नेपालगन्ज स्थित भेरी अस्पतालकाे हेमो डायलाईसिस कक्ष उद्धाटन गरेका छन् ।

दादुरा महामारी क्षेत्रकाे अवलोकनमा बाँके पुगेका मन्त्री गिरिले भेरी अस्पतालकाे हेमो डायलाईसिस कक्ष उद्धाटन पनि गरेका हुन् ।

उक्त क्रममा मन्त्री गिरिले डायलाईसिस सेवा लिई रहेका ५२ वर्षिय विरामी रविन्द्र श्रेष्ठ लाई फुलको गुच्छा दिएर स्वास्थ  लाभको कामना गरे  । नयाँ हेमाे डायलाईसिस कक्ष ६ जनाको क्षमताकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ