मोफसलको अस्पतालमध्ये गुणस्तरीय सेवा प्रवाह गर्नेमा भेरी अस्पताल अब्बल: मन्त्री गिरी
![](https://www.swasthyalive.com/wp-content/uploads/2023/01/Screenshot_20230122-123152.jpg)
नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले भेरी अस्पतालको निरिक्षण गरेका छन् ।
दादुराको प्रकोप बढिरहेको बेला मन्त्री गिरीले नेपालगञ्ज पुगेर सङ्घीय सरकार मातहत रहेको भेरी अस्पतालको निरिक्षण गरेका हुन् ।
अस्पताल निरिक्षणको क्रममा उनले नेपालगञ्जमा फैलिएको दादुरा चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
उनले भेरी अस्पताल, मोफसलको अस्पतालमध्ये गुणस्तरीय सेवा प्रवाह गर्नेमा ठूलो अस्पतालको रुपमा स्थापित भएको भन्दै भौतिक संरचनाको हिसाबले यसलाई थप बलियो बनाउन सरकारले ठोस योजना बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भौतिक संरचनाको अभावका बाबजुद अस्पतालमा आउने बिरामीको चापलाई व्यवस्थापन गर्ने काम निकै नै सराहनीय रहेकोमा कर्मचारी र चिकित्सकलाई धन्दवाद दिँदै स्वास्थ्य बीमा कार्यक्रमलाई थप फराकिलो बनाउन पनि आग्रह गरे ।
मन्त्री गिरीले आफू स्वास्थ्य मन्त्री भएर आइसकेपछि हामी सबै टिमको एउटै मात्र उदेश्य भनेको विपन्न र प्रत्येक नेपाली जनताले सहज तथा गुणस्तरीय सेवा दिनु रहेको उल्लेख गरे ।
रोकिएको ओएनम सर्वेलाई पनि यथाशिघ्र कार्यान्वयनमा लिएर जाने भन्दै मन्त्री गिरीले कोरोनाको समयमा भेरी अस्पतालले गरेको सेवा र व्यवस्थापनले गौरवान्वित बनाएको बताए ।
उनले उपचार अभावकै कारण कुनैपनि नेपाली नागरिकको मृत्यु नहोस् भन्नेमा सरकार प्रतिबद्ध रहेको पनि बताए ।
मन्त्री गिरीले अस्पताल निरिक्षणको क्रममा हिमो डायलासिस केन्द्रको पनि उद्घाटन गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस