जनपयोगीको वार्षिकोत्सवमा फ्रन्टलाइनद्वारा स्वास्थ्य सेवा प्रदान
काठमाडौं । जनपयोगी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा फ्रन्टलाइन अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।
बबरमहलस्थित कार्की ब्याङ्कैटममा भएको कार्यक्रममा फ्रन्टलाइन अस्पताल, सेतोपुलका स्वास्थ्यकर्मीले नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् । पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइराला, दावाँली मिलन क्लवका अध्यक्ष रोशन श्रेष्ठ, बागमती प्रदेशका पूर्व पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्जकुमार राई, जनपयोगीका अध्यक्ष सिलोनबाबु श्रेष्ठलगायतले स्वास्थ्य सेवा लिएका छन् ।
जनपयोगीले स्वास्थ्य सेवा दिँदै पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, निवर्तमान पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, भोजपुर-२ बाट प्रदेशसभा सदस्यमा विनोद बान्तवालगायतलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा फ्रन्टलाइन अस्पतालका नवराज पाण्डे, ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठ, सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस