मन्त्री सचिवकाे प्रतिबद्धता: खजुराकाे आधारभुत अस्पताल संचालन गर्न आवश्यक बजेट दिन्छौं
बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र स्वास्थ्य सचिव डा राेशन पाेखरेलले बाँकेकाे खजुरामा निर्माण भइरहेको आधारभूत अस्पताल संचालन गर्न आवश्यक बजेटकाे व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।
दादुरा महामारी क्षेत्रकाे अवलोकन गर्न बाँके पुगेका मन्त्री सचिव सहितको टाेलीले बाँकेको खजुरामा अवस्थित निमाणाधिन १५ शैयाको आधारभुत अस्पतालको निरिक्षण समेत गरेका छन् ।
निरिक्षण गरी समयमै अस्पताल निमाण संपन्न भएमा संचालनका लागी मन्त्रालयले आवस्यक बजेटकाे व्यवस्था गर्ने मन्त्री गिरी र सचिव पाेखरेलले बताए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस