बालेनले डा. रुइतलाई १३८ रोपनी सरकारी जग्गा संरक्षण गरिएको सुनाए
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतबीच भेटवार्ता भएको छ ।
बालेनलाई भेट्न गएका डा. रुइतले सरकारी जग्गा संरक्षण गर्नेदेखि फुटपाथ र पार्किङ खाली गराउने कामको प्रशंशा गरेका छन् । उनले यसलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
‘सबै प्रश्नको जवाफ दिन आवश्यक छैन । राम्रो काम भइरहेको छ । यसलाई निरन्तरता दिनु होला’, डा. रुइतले भने ।डा . रुइतसँगको भेटमा बालेनले १३८ रोपनी सरकारी जग्गा संरक्षण गरिएको जानकारी गराए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस