स्वास्थ्य राज्यमन्त्रीको कार्य विभाजन, स्वास्थ्य संस्था अनुगमन गरी मन्त्रीलाई राय पेस गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले राज्यमन्त्रीको कार्यविभाजन गरेका छन् ।
काममा हस्तक्षेप गर्न थालेपछि मन्त्री गिरीको स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको कार्यविभाजन गरेका हुन् । मन्त्री गिरीले स्वास्थ्य संस्थाको अनुगमन देखि राय पेश गर्ने सम्मका अधिकार राज्यमन्त्रीलाई दिएका छन् ।
कामकारवाहीहरू प्रचलित नेपाल कानून, नीति, नियमको अधिनमा रही तपाईंले सम्पादन गर्ने गरी नेपाल सरकार (कार्यसम्पादन नियमावली, २०६४ को परिच्छेद २ को नियम ५ को उपनियम (१) बमोजिम राज्यमन्त्रीको कार्य विभाजन गरिएको हो ।
कार्यविभाजन अनुसार राज्यमन्त्री डा. कार्कीले मन्त्रालय वा अन्तर्गतका निकाय वा सो अन्तर्गत रहेका परिषद, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन, समन्वय गर्ने, समन्वय गर्ने तथा तिनको व्यवस्थापन, सर्वेक्षण लगायत नीतिगत सुधारका विषयमा रायसहित पेश गर्ने छिन् ।
यस्तै…
२. विशिष्टीकृत अस्पतालहरूको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेस गर्ने
३. सम्पूर्ण स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard MSS) सम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने
४. स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु सम्बद्ध कार्यहरु गर्दा सहकुलपतिलाई आवश्यक प्राविधिक राय पेश गर्ने
५. जनसङ्ख्या व्यवस्थापन तथा स्वास्थ्य क्षेत्रमा “GESI” कार्यान्वयनको योजना राय सहित पेश गर्ने
६. स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन सम्बन्धि गुनासो सम्बोधन हाल कामकाजमा रहेकाहरूको व्यवस्थापन स्थानीय तहमा समायोजन भएका विशेषज्ञ चिकित्सक लगायत जनशक्ति व्यवस्थापन सम्बन्धमा राय सुझाव सहित पेश गर्ने
७. सिंहदरबार वैद्यखाना लगायत आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा गर्नु पर्ने सुधारका विषयहरू रायसहित पेश गर्ने
८. स्वास्थ्य क्षेत्र सुधारका नीतिगत तथा प्राविधिक समग्र पक्षमा रायसहित पेश गर्ने
९. मैले आवश्यक ठानी पेस गर्न लगाएका र तपाईंले देखेका विषयहरूमा समझ पेस गर्ने ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस