शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल ५ सय शय्यामा सञ्चालन हुनुपर्छ: मन्त्री गिरी


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको क्षमता विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

अस्पताल ९० वर्ष पुगेको उपलक्ष्यमा मन्त्री गिरीले बिरामीको चाप अनुसार शय्या विस्तार गर्न जरुरी रहेको बताए ।

हाल देशको एक मात्रै सरुवारोग अस्पताल एक सय शय्यामा सञ्चालित छ । अब भने तीन सय शय्याको बन्ने प्रक्रिया अगाडी बढेको छ । टेन्डर समेत आह्नवान भएको छ ।

मन्त्री गिरीले कम्तिमा टेकु अस्पताल ५ सय शैय्यामा विस्तार गर्नु पर्ने बताए । तर, हाल सञ्चालन भएको सेवालाई कुनै असर नपर्ने गरी विस्तार गर्दै लानु पर्नेमा उनको जोड छ ।

सिमित स्रोत साधन र पुराना भौतिक संरचनाका बावजुद पनि यो अस्पतालले कोभिड महामारीमा उल्लेखनीय काम गर्न सफल भएको थियो ।

४० औं वर्ष पुराना भौतिक संरचनाबाट पनि महामारीमा पहिलो हतियार उठाउँने अस्पताल टेकु हो । देशभरका निजी तथा सरकारी अस्पतालहरूले कोभिड महामारीमा गेट बन्द गरेर बस्दा खुला आकाश मुनी सेवा दिने अस्पताल टेकु हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ