आत्मदाहकाे प्रयास गर्ने आचार्यको शरिर ८० प्रतिशत जलेकाे
काठमाडौं । संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको शरीर ८० प्रतिशत जलेकाे चिकित्सकहरुले बताएका छन् । तत्काल केही बाेल्न सक्ने अवस्थामा देखिएपनि उनकाे शरिरकाे ८० प्रतिशत भाग जलेकाे छ ।
स्वास्थ्य अवस्था अत्यन्तै क्रीटिकल भएपछि चिकित्सकहरुले आईसियुमा राखेर उपचार सुरु गरेका छन् । कीर्तिपुर छाला अस्पतालका डाक्टर किरन किशाेर नकर्मिका अनुसार आचार्यको स्वास्थ्य अवस्था जटिल छ । हाल सम्म नेपालमा ५५ प्रतिशत सम्म जलेका व्यक्ति बचाएकाे रेकड छ । तर, आचार्यकाे शरीर ८० प्रतिशत जलेकाे छ । चिकित्सकहरुले सक्नेजति प्रयास गरिरहेकाे डा नकर्मिले बताए ।
उनका अनुसार आचार्यले आफू केही गर्न नसक्ने र देशमा भ्रष्टाचार व्याप्त रहेकाले आफूले आत्मदाहको प्रयास गरेको बताएका छन् । दिउँसो ३ बजेर ५ मिनेटमा आफ्नो शरीरमा ज्वलनशील पदार्थ खन्याएका आचार्यलाई प्रहरीले उद्दार गरी २० मिनेटमै अस्पताल पुर्याएको थियो ।
यसै साथ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा ताेसिमा कार्कीले कीर्तिपुर पुगेर उपचाररत आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । उनले यस्ताे नगरेकाे भए हुनेथियाे भन्दै आचार्यलाई सम्झाएकी पनि छन् । उपचारमा कुनै कसर बाँकी नराख्न पनि मन्त्री कार्कीले निर्देशन दिएकी छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस