आत्मदाहकाे प्रयास गर्ने आचार्यको निधन


काठमाडौं ।  संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको निधन भएको छ । शरीर ८० प्रतिशत जलेकाे थियाे । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएकाे डा. किरण नकर्मीले बताए ।

उनले भने, ‘क्रिटिकल अवस्था थियो । शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । नेपालमा ५५ प्रतिशत बढी जलेका व्यक्ति बचाउन सकिएकाे छैन ।”

इलाम घर भएका आचार्यले म‌ंगलबार शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ