स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउँनेछौं:जनसङ्ख्यामन्त्री गिरी


पर्वत । जनसंख्या तथा स्वास्थ्यमन्त्री पदम गिरीले जनसङ्ख्या तथा स्वास्थ्य क्षेत्रमा देखिएका मस्याहरुको पहिचान गर्दैै परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन् ।

कुश्मा बजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन गर्दै जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री गिरीले यस्तो बताएका हुन् ।

उनले भने, ‘म अहिले जनसङ्ख्या तथा स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु । ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने वाचा गर्छु ।’ उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे ।

‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणहरूको कमी रहेछ । हामीले केही उपकरण अहिल्यै हस्तान्तरण गर्दैछौं । आगामी ५ वर्षभित्र सातवटै पालिकामा अस्पताल हुन्छन्, डाक्टर, नर्स र ल्याब हुनेछ । सानोतिनो शल्यक्रिया पनि हुन्छ । कोही पनि उपचार नपाएर मर्ने अवस्था रहदैंन,’ मन्त्री गिरीले भने ।’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ