वायु प्रदूषण रोक्न मेलबर्नमा भूमिगत पार्किङ हुने नेपालमा किन नहुने ?


काठमाडौं । वायु प्रदूषणका कारण काठमाडौं उपत्यकासहित देशभरकै जनजीवन प्रभावित हुने गरेको छ । बढ्दो जनसङ्ख्यासँगै वायु प्रदूषणको दरपनि बढ्दै गएको देखिन्छ । प्राकृतिक रूपमा उड्ने धुलो, बढ्दो सहरीकरण, कलकारखानाबाट निस्किएको धुलो र अत्याधिक सवारीसाधनको प्रयोगले वायु प्रदूषण बढिरहेको छ ।

दिनहुँ सवारीसाधनको सङ्ख्या थपिएका छन् । तर, उनिहरूको उचित व्यवस्थापन छैन । विशेषगरी सहरमा पार्किङको व्यापक समस्या छ । पार्किङकै नाममा भएका हरियाली मासिदै गएको छ । जसले सहरको सुन्दरता हराउँदै छ भने, रोगको भार थपिदै गएको छ । धुलो धुवाका कारण श्वासप्रश्वासका बिरामी अस्पतालमा बढीरहेका छन् ।

चिकित्सक भन्छन् वायु प्रदूषणका कारण मानिसलाई विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ । जसमा विशेषगरी श्वासप्रश्वास सम्बन्धी समस्या मुख्य मानिन्छ । त्यसबाहेक आँखा पोल्ने, बिझाउने, चिलाउने, रातो हुने जस्ता समस्या देखिन्छ भने वायु प्रदूषणका कारण छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम पनि बढाउँछ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२२ मा सार्वजनिक गरेको एक अध्ययन अनुसार वायु प्रदूषणका कारण विश्वभर बर्सेनि ७० लाख मानिसहरूको मृत्यु अल्पआयु मै हुने गरेको छ । तर, नेपालमा प्रदूषणका कारण हुने मृत्यु वा स्वास्थ्य समस्याबारेको यकिन तथ्याङ्क कसैसँग छैन । त्यसकारण पनि होला सबैमा सचेतना र नीतिगत व्यवस्थाको खाँचो देखिन्छ ।

विश्वका कतिपय स्थानमा अन्डरग्राउण्ड अर्थात् भूमिगत पार्किङको व्यवस्था गरेर पनि सहरको सुन्दरता मात्रै जोगाइएको छैन, हरियाली बनाएर रोगसँग लड्ने क्षमता प्रकृतिसँगै विकास गरिएको छ । यसको एउटा उदाहरण अस्ट्रेलियाको मेलबर्न हो । यहाँको विश्वविद्यालय मुनी पार्किङको व्यवस्था गरिएको छ । बाहिर हरियाली छ । वायु प्रदूषण नियन्त्रण छ । तर, नेपालमा यस्तो योजना छैन । केही समय अगाडी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भूमिगत पार्किङको व्यवस्था गर्ने योजना बनाएका थिए । जसले सुन्दर सहर मात्र हैन, प्रदुषण रोक्न समेत ठुलो भुमिका खेल्ने थियो । तर, मेयरको उक्त योजना असफल बनाउँने र उनलाई असहयोग गर्नेहरुले यो योजना अगाडी बढाउँन दिएका छैनन् ।

मेलबर्नमा गरिएको भूमिगत पार्किङको व्यवस्था तस्वीरमा हेरौंः

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ