डिम्बबाहिनी नलीमा बच्चा बस्ने सम्भावना हुन सक्छ, जानौं कारणबारे
सामान्यतया गर्भवती हुँदा बच्चा बस्ने नलीमा बस्ने गर्छ । यसरी बच्चा बसेको बच्चा ४,५ दिनपश्चात् भ्रुणमा परिणत हुन्छ र पाठेघरमा आउँछ । नगन्य महिलाहरू उक्त नलीबाट बच्चा पाठेघरमा नआई त्यही अल्मलिएर बस्ने अवस्था हुन्छ । सामान्यतया यस्तो अवस्थालाई डिम्बबाहिनी नलीमा बच्चा बसेको अवस्था भनी बुझिन्छ । उदाहरणका लागि जसरी बाटो बिराएको अवस्थामा गाडी रोकिने गर्छ नलीमा बच्चा बस्ने अवस्था पनि उस्तै उस्तै हो ।
कारणहरू : –
विभिन्न प्रकारका संक्रमण ।
अत्याधिक मात्रामा औषधिको सेवन ।
गर्भवती हुनुपूर्व गरिएको पेटको शल्यक्रिया ।
मासिक रुपमा एकभन्दा बढी डिम्ब बन्नु ।
डिम्बबाहिनी नलीमा बच्चा बसेको पहिचान कसरी गर्ने ?
– यदि कुनै पनि महिलाको बच्चा डिम्बबाहिनी नलीमा बसेको छ भने अल्ट्रासाउन्ड गर्दाे पाठेघरमा बच्चा देखिदैंन ।
– अस्वाभाविक रुपमा पेट दुख्नु ।
– अत्याधिक मात्रामा रक्तसाव्र हुनु ।
– बेहोस हुनु ।
यस्तो समस्याबाट बच्ने उपायहरु छैनन् बरु रोग लागेमा बेलैमा उपचार गर्नुपर्ने हुन्छ । बेलैमा पहिचान तथा उपचार हुन सकेन भने अकालमै ज्यान जान्छ ।
(स्त्री तथा प्रस्तुतिरोग विशेषज्ञ डा.जागेश्वर गौतमसँगको कुराकानीमा आधारित)
क्याटेगोरी : जीवनशैली
तपाईको प्रतिक्रिया दिनुहोस