अख्तियारमा स्थानीय तहका स्वास्थ्यका उजुरी धेरै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहका स्वास्थ्यसम्बन्धी उजुरी धेरै परेका छन् ।
अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अख्तियारमा स्थानीय तहका अनियमिततासम्बन्धी उजुरीको चाङ रहेको छ । कोभिड-१९ खरिदलगायतका कारणले गर्दा स्थानीय तहका स्वास्थ्यसम्बन्धी उजुरी आएको छ ।
पछिल्लो समयमा अनियमितताका उजुरीमा अख्तियार आक्रामक बनेको छ । अख्तियारले उजुरी फस्र्यौटललाई तीब्रता दिन थालेको हो । यसले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सक्ने अख्तियारको रणनीति रहेको देखिन्छ ।
स्थानीय तहले उपभोक्ता समितिमार्फत गरेका काममा सबैभन्दा बदमासी देखिएको छ । आधारभूत अस्पतालको डिपिआर र निर्माणमा समेत अनियमितता भएको उजुरी परेका छन् । एउटै व्यक्तिले आधा दर्जन बढी डिपिआर पाएको तथ्य समेत फेला परेको छ ।
अख्तियारमा परेको उजुरीको अवस्था हेर्दा स्थानीय तह भ्रष्टाचारको मुहान नै रहेको अनुमान लगाउन सकिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस