अर्काको मन्त्रालयमा राज्यमन्त्री पठाउने रास्वपाले के गर्दिन भनेको थियो ?
काठमाडौं । एमालेको भागमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिका लागि लाजनीति गरेको छ ।
चुनावी घोषणापत्रमा राजनीतिका लागि लाजनीति नगर्ने उल्लेख गरेको रास्वापाले एमालेको मन्त्री भएको ठाउँमा राजमन्त्री पठाएर जे गर्दिन भनेको त्यहीं गरेको पाइएको छ ।
नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्यमन्त्री बनाएपछि रास्वपाले त्यहीँ मन्त्रालयमा तोशिमा कार्कीलाई राज्यमन्त्री बनाएर पठायो । जुन घोषणापत्रमा उल्लेख भएको राजनीतिका लागि लाजनीति नगर्ने प्रतिज्ञासँग मेल खाँदैन ।
चुनाव हारेकालाई चोर बाटोबाट संसद् वा सरकारमा ल्याउँदैनौं भन्ने रास्वपको अर्को प्रतिवद्धतालाई अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । संसद पद गुमाएका रवि लामिछाने गृहमन्त्री बन्ने दौडधुप गरेपछि यस्ले अहिले चर्चा पाएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस