स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह सचिव पोखरेलको सरुवा


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह सचिव इन्द्रमणि पोखरेलको सरुवा भएको छ ।

मन्त्रालयलको जनसङ्ख्या शाखा तर्फ कार्यरत सह सचिव पोखरेलको
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको हो ।

सोमवार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सरुवा गरेको बताइएको छ ।

यस्तै अर्थ मन्त्रालयका सह सचिव रमेश केसीलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । उनलाई पोखरेलको स्थानमा सरुवा गरिएको हो ।

सह सचिव सरुवाको निर्णय भएपनि पत्र भने दुबैजनाले बुझेका छैनन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ