काठमाडौं महानगर १० वडामा बन्ने भयो स्वास्थ्य प्रवर्द्धन केन्द्र
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० मा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बन्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको योजना अनुरूप १० नम्बरमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र (वडा क्लिनिक) बन्ने भएको हो ।
धोबीखोला करिडोरको मदन भण्डारी कलेजसँगै काठमाडौं महानगरपालिकाले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाउने भएको हो ।
अहिले १ करोड लागतमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको भवन बनाउन ठेक्का लागिसकेको वडा सदस्य नरोज अर्यालले स्वास्थ्य लाइभलाई जानकारी दिए । उनका अनुसार अहिले एक तले भवन बन्ने छ ।
१ रोपनी बढी क्षेत्रफलमा फैलिएको धोबीखोला करिडोरको उक्त जग्गा सबैलाई पायक पर्ने ठाउँमा रहेकाले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाउन लागिएको वडा सदस्य अर्यालको भनाइ छ । स्वास्थ्य भवनको १० नम्बर वडाका वडाध्यक्ष रामकुमार केसीली शिलान्याश गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बरमा सबैभन्दा बढी सार्वजनिक जग्गा भएको ठाउँ हो । तर, उक्त ठाउँमा सार्वजनिक जग्गा संरक्षण हुन नसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । वडा कार्यालय वरिपरि नै सार्वजनिक जग्गा हडपिएको गुनासो आएको छ ।
अख्तियारले सार्वजनिक जग्गा संरक्षण गर्न वडालाई पटकपटक पत्राचार गरेको छ । अख्तियार स्रोतका अनुसार उक्त कार्यमा वडा कार्यालय उदासिन देखिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस