स्वास्थ्यमा दुई महिना कर्मचारी नचलाईने !
काठमाडौं । जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री पदम गिरीले स्वास्थ्यमा केही आशा जगाउँने देखिन्छ ।
उनले विगतका मन्त्रीकोभन्दा फरक सोच र कार्यशैलीलाई अगाडी बढाउँने बुझिएको छ ।
सचिवालय स्रोतका अनुसार मन्त्री गिरीले दुई महिना कुनै पनि शाखा महाशाखाका कर्मचारी सरुवा नगर्ने बताएका छन् । कर्मचारी सरुवाभन्दा पनि भएका कर्मचारीबाट कसरी उच्चतम काम लिन सकिन्छ भन्नेमा मन्त्री लाग्नु भएको छ एक अधिकारीले भने ।
यस अगाडीका मन्त्रीले जिम्मेवारी सम्हालेको हप्ता दिन पुग्न नपाउँदै पहिलो जानेगरी कर्मचारी सरुवा गर्दै आएका थिए । तर, केही गर्ने हुटहुटी सहित जनसङ्ख्या मन्त्रालय छिरेका गिरीले कर्मचारी सरुवा भन्दा पनि काममा जोडदीने बताएपछि केही आशाका किरण जागेका छन् । तर, उनको यो बोलिमा मात्रै सिमित हुन्छ वा व्यवहारमा उतार्छन् त्यो भने हेर्न केही समय कुर्नै पर्छ ।
सुरुवातमा मन्त्रीले सबै महाशाखा प्रमुखहरूसँग दुई महिनामा गर्न सक्के कामको विवरण माग्ने छन् । यदी काम गर्न नसकेको खण्डमा मात्रै आवश्यक कर्मचारी चलाइने छ । तर, केही कर्मचारी हटाउँनु पर्नेमा जनसंख्या मन्त्रालयका अधिकारीहरु नै बताउँछन् ।
स्वास्थ्य क्षेत्रलाई डम्प बनाएर बस्ने कर्मचारी हटाएर गति दिलाउँनु पर्ने आवाज पनि उठेको छ ।
जनसङ्ख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. सञ्जय ठाकुर, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा.सुधा देवकोटालाई हटाउँनु पर्ने देखिन्छ ।
ठाकुर र देवकोटा काम गर्न र नतिजा दिन असक्षम देखिएका छन् । महानिर्देशक सिंहमा भने काम गर्न चाहेर पनि निर्णय क्षमतामा कमजोर देखिएको छ । तर, महानिर्देशक सिंहमा कुनै स्वार्थ छैन । उनि सबैले रुचाएका एक इमान्दार स्वास्थ्यकर्मी भित्र पर्छन् । तर, उनमा निर्णय गर्ने क्षमता नहुदा मन्त्रीको गतिमा चल्न सम्भावना नहुने अधिकांशको बुझाई छ ।
स्वास्थ्य सेवा विभागमा मन्त्रीलाई गति दिन सक्ने व्यक्ति डा. सङ्गिता कौशल मिश्रा हुन् । उनि बिजुली गतिमा दौडिने कर्मचारी हुन् । केही गर्छु भन्ने मन्त्रीको जस्तै हुटहुटी भएकी मिश्रा अहिले मन्त्री गिरीका लागि विभागको महानिर्देशकमा उपयुक्त पात्र हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस