लायन्स क्लव अफ काठमाडौंले इट्टा भट्टाका ५५ परिवारलाई सिरक बाँड्यो
काठमाडौं । लायन्स क्लव अफ काठमाडौंले भक्तपुरस्थित इट्टा भट्टामा कार्यरत ५५ परिवारलाई सिरक बाँडेको छ ।
लायन्स क्लव अफ काठमाडौंक कोषाध्यक्ष विराट प्रकाश मैनालीका अनुसार भक्तपुर जिल्ला स्थित इट्टा भट्टामा कार्यरत मजदुरका ५५ परिवारलाई सिरक बाँडिएको हो । जाडो मौसमको चिसोबाट सुरक्षित रहनको लागि सिरक वितरण गरिएको उनको भनाइ छ । उक्त अवसरमा क्लवका कोषध्यक्ष मैनालीले क्लवले विपन्न वर्गका लागि काम गर्दै आएको बताए ।
सिरक वितरण कार्यक्रममा क्लवका अध्यक्ष लायन श्री नरेश खड्काले क्लवले यस्ता कामलाई निरन्तरता दिने बताए । उनले ‘यो सानो मायाको चिनो उपहार स्वरुप स्वीकार गरिदिनु भएकोमा हृदय देखि आभार प्रकट गर्दछु’, उनले मजदूर परिवारलाई सिरक हस्तान्तरण गर्दै भने ।
उक्त कार्यक्रका लागि जापानिक नागरिक डा. आचूओ कोताकी तथा लायन्स क्लव अफ काठमाडौंबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस