घनश्याम भुसाल बेहोस भएर ढलेपछि ..
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल बहोस भएर ढलेको अवस्थामा फेला परेका छन् । उनी गाडी चलाएर पार्टी कार्यालय आलोकनगर जाँदै गर्दा बेहोस भएका हुन् ।
अहिले भुसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । बानेश्वरमै गाडीमा बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य अवस्थामा फर्किसकेको सिभिल अस्पतालले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस