औषधि लिमिटेडको जीएम बन्न यस्तो योग्यता भएकाले आवेदन दिन सक्ने


काठमाडौं । नेपाल औषधि लिमिडेटको महाप्रबन्धक (जीएम) पदका लागि आवेदन खुलेको छ । खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागिएको उक्त पदका लागि विशेष योग्यता भएको व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना अनुसार औषधि लिमिटेडको जीएममा फार्मेसी वा प्रशासन विषय, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।  साथै आवेदन दिन उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने छ ।

आजको मितिले २१ दिनभित्र योग्यता पुगेका इच्छुक नेपालीले  आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ