कसरी चिन्ने म्याद सकिएको सिलिण्डर, कसरी जोगाउने ज्यान


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी ग्यास सिलिण्डर विष्फोटमा परे । आमा हरिकलाको सिलिण्डर विष्फोटमा जलेर उपचारका क्रममा निधन भइसकेको छ ।

सांसद भण्डारीको पनि अवस्था चिन्ताजनक रहेको छ । उनलाई भारत लान किर्तिपुर अस्पतालले सिफारिस गरेको छ । तर,  सांसद भण्डारी जान मानेका छैनन् । यसैबीच ग्यास सिलिण्डरको आयु र सुरक्षाका विषयमा गम्भीर प्रश्न खडा भएको छ ।

कसरी चिन्ने म्याद सकिएको ग्यास सिलिण्डर र कसरी ज्यान जोगाउने भनेर अहिले यो विषय चर्चामा छ ।

यस्ता छन् ग्यास सिलिण्डरबारे जानकारी

कतै तपाईँको ग्यास सिलिण्डरको म्याद एक्सपाएर भएको त छैन ?

सिलिण्डरको अन्तिम मिति सिद्धिएपछि त्यसलाई कदापी प्रयोग गर्नुहुँदैन।

सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। त्यही डण्डीमा यसको एक्सपायरी मिति पेन्ट गरिएको हुन्छ। डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ।अक्षरले एक्सपाइर हुने महिनालाई र अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।

A लेखिएको छ भने जनवरीदेखि मार्च ।

B लेखिएको छ भने अप्रिलदेखि जून।

C लेखिएको छ भने जुलाईदेखि सेप्टेम्बर।

D लेखिएको छ भने अक्टोबरदेखि डिसेम्बर।

नमूनामा तल C.13 लेखिएको छ अर्थात् सन् २०१३ को जुलाई देखि सेप्टेम्बरसम्मको एक्सपायरी मिति छ भनेको हो। त्यसैले, ग्याँस किन्दा अन्तिम मिति हेरेर मात्रै सिलिण्डर लिनुहोला। आफै सचेत हुनुहोला।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ