स्वास्थ्यमा बन्यो आँखामा राख्दा पनि नबिझाउने टिम, के मन्त्रीले सही रुपमा उपयोग गर्न सक्लान् ?


काठमाडौं । बेथितिको भुमरिमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लामो समयपछि बल्ल मन्त्रालयलाई ‘ट्रयाक’मा ल्याउने उपयुक्त टिम भेटाएको छ । मैदानमा खेल्ने मात्र हैन परिणाम समेत देखाउँन सक्ने टिम यति बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा तयार भएको छ ।

वर्षौंदेखि बरालिएकाे स्वास्थ्यकाे टिम सचिव डा. राेशन पाेखरेल र युवा मन्त्री पदम गिरी आएसँगै सम्हालिएको छ । तर, गिरीलाई उनका सल्लाहकारले डुबाउला की भन्ने आशंका पनि सुरु भएकाे छ ।

हिजाे स्वास्थ्यकाे नेतृत्व गरेर असफल साबित भएका र हाल नेतृत्व गर्न तम्सिएकाहरू गिरीकाे सल्लाहकार छन् ।

मुख्यत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट डा. सञ्जय ठाकुर हटाउँनु र यसाेधा अर्याल ल्याउनुले टिम चुस्त बनेको छ । अब यो उपयुक्त टिमलाई भत्काउनेभन्दा यसलाई सही रुपमा उपयोग गरेर मन्त्री अगाडी बढ्न जरुरी छ । जसले मन्त्रीलाई एउटा सही दिशा निर्देश गर्छ ।

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा दुई पटक निर्वाचित ४५ वर्षे पदम गिरीको काम गराईको शैली हेर्दा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा बिर्साउने छ । थापाले राम्रो गरेपनि कुनै काम संस्थागत गर्न सकेनन् तर, यिनले विगतको गल्ति सच्याउनु पर्छ । गगनले जस्ताे काम गर्ने र परिणाम ननिकाल्ने छुट उनलाई छैन ।

पर्वतले ६० वर्ष यता मन्त्री पाएको थिएन । ६० वर्ष अगाडि पञ्चायतकालमा मन्त्री भएको बताइन्छ । त्यस यता पर्वतबाट मन्त्री बन्ने गिरी पहिलो व्यक्ति हुन् । ६० वर्षको अन्तरालमा मन्त्री हुँदा केही नयाँ र राम्रो गरौं भन्ने हुटहुटी मन्त्रीमा हुनु नौलो हैन । स्वास्थ्यमन्त्री गिरीको जोशलाई परिणाममा बदल्ने उपयुक्त टिम अहिले स्वास्थ्यले पाएको छ ।

मन्त्रीलाई काँध थाप्न स्वास्थ्य तथा जनसङ्ख्या सचिवमा डा. रोशन पोखरेल छन् । उनी लामो समय दुर्गम बसेर स्वास्थ्य क्षेत्रलाई राम्रो बुझेका व्यक्तिमा पर्छन् । उनले सचिवको जिम्मेवारी निभाए यता विगतका सचिवले गरेकाे भन्दा कयौं राम्रा कामहरू भएका छन् । युवा मन्त्री, युवा सचिव दुवैमा स्वास्थ्य क्षेत्रमा केही नयाँ काम गरौं भन्ने हुटहुटी देखिन्छ ।

अमेरिकाको जोङ हप्किङ्स विश्वविद्यालयबाट एमपीएच गरेकी डा. सङ्गिता कौशल मिश्रा स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञको भूमिकामा छिन् । जति मन्त्री र सचिवलाई स्वास्थ्य सुधार गर्ने हुटहुटी छ त्योभन्दा बढी उनमा देखिन्छ । अहिले मन्त्रीलाई सफल बनाउँन स्वास्थ्य सेवा विभागले उनकाे नेतृत्व चाहेकाे छ । बिजुली गतिमा दाैडिने मिश्रा निदाएको विभागमा पठाएर ब्युँझ्याउने काम मन्त्रीले गर्नु पर्ने देखिन्छ ।

अब्बल क्षमता भएकी मिश्रा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पनि एउटा पिल्लर बनेकी छन् । उनी थप कार्यकारीको जिम्मेवारीको पखाईमा देखिन्छन् ।

त्यस्तै गुणस्तर तथा अनुगमन महाशाखाका प्रमुख डा. मदन कुमार उपाध्याय थाइल्याण्डका एमपिएच हुन् । युवा जोस जागर भएका उपाध्यायले पनि स्वास्थ्य क्षेत्रमा राम्रो छाप देखाएका छन् ।

कोरोना महामारीको समयमा नारायणी अस्पतालको प्रमुख भएर काम गरेका थिए । भर्खर जन्मिएको बच्चा छाडेर उनले महामारीको समयमा उल्लेख्य काम गरेका हुन् । डा. उपाध्यायले हाल मन्त्रालयमा बसेर पनि जनताको हितमा केन्द्रित भएर काम गरेका छन् । उपाध्याय बेलाबेला बरालिन खाेज्छन् तर, समय अगावै सम्हालिन जानेका छन्।

हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सरुवा भएर आएकी अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख यसोधा अर्याल एक योग्य र सक्षम कर्मचारी हुन् । लामो सयमदेखि रोकिएका कामहरू उनले महाशाखा प्रमुख भएको केही घण्टामा पार लगाएकी छन् । कुनै लोभ लालचबाट अलग्गै बस्न चाहने अर्याललाई स्वास्थ्य क्षेत्रमा कुसल कर्मचारीका रुपमा हेर्ने गर्छन् । गफ भन्दा पनि उनी बढी काममा रमाउँने र विश्वास गर्ने कर्मचारी भित्र पर्छिन् । अर्यालले महाराजगञ्ज क्याम्पसबाट एमपिएच सकाएकी हुन् ।

त्यसैगरी डा. कृष्ण पौडेल नीति योजना महाशाखा प्रमुख छन् । स्वास्थ्य मन्त्रायको टिम नमिल्दा मन्त्रालय धान्ने भनेको डा.मदन र डा. कृष्ण हुन् । कृष्णले काम प्रति लगाएको लगाव अरुले पनि सिक्नै पर्ने खालको छ । उनी अफिसमा मात्र हैन बाटोमा यात्रा गर्दा समेत अफिसियल काम गरिरन्छन् । राम्रो अध्ययन भएका उनको काम गर्ने शैली पनि सोही अनुसारमा देखिएको छ ।

कर्मचारी प्रशासन शाखाका सह सचिव मदन भुजेल विभिन्न जिल्लामा सिडियो चलाएर बसेका व्यक्ति हुन् । तर, उनले विभिन्न जिल्लाहरूमा सिडियाे भएर काम गरेका छन् । उनकाे कमाण्ड पनि राम्रो छ ।

यता जनसंख्या महाशाखा हेर्न नयाँ सह सचिवकाे सरुवा भएकाे छ । हसिला स्वभावका सह सचिव रमेश केसीकाे विषयमा अहिल्यै धारणा बनाउने बेला भएकाे छैन । उनी अर्थ मन्त्राालयबाट केही दिन अगाडि मात्रै स्वास्थ्यमा आएका हुन् । पिएचडि गर्ने उदेश्य सहित केसी स्वास्थ्यमा आएका हुन् ।

वर्षाैपछि स्वास्थ्यले पाएकाे आशालाग्दाे टिम सफल हुन्छ वा असफल त्याे मन्त्री र उनकाे सचिवालयकाे काम गराइमा भर पर्छ । मन्त्रीले शून्य शहनसिलतालाई नीति लिएका छन् । कतिपय अधिकारी भन्छन्, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हाक्ने टिम आँखाले नबिझाउने भएपनि नतिजा निकाल्न फलामको चिउरा चपाउँनु जस्तो छ ।

तीन तहकाे सरकारबीच समन्वय गरेर काम गर्न सहज छैन । प्रदेश र स्थानीय तहले सङ्घलाई टेरेकाे अवस्था छैन । आपसी समन्वय नभएका कारण काम गर्न सकिएको छैन । यो टिमले जनताले अनुभुत गर्न पाउँने गरी काम गर्नुपर्छ । पार्टीगत रुपमा कर्मचारीमाथी गिद्धे नजर लगाएको दिन मन्त्रीको दिन गन्ति सुरु मात्र हुँदैन स्वास्थ्य क्षेत्र नै फेरि भड्खालाेमा पुग्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ