राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार गुरुङलाई
काठमाडौं । यस वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार मञ्चका कोषाध्यक्ष कमला गुरुङलाई प्रदान गरिने भएको छ ।
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार रुपैयाँ रासीको सो पुरस्कार यस वर्ष परेका आवेदक मध्येबाट गुरुङलाई दिइने छ ।
लामो समयदेखि क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउँदै आएकी गुरुङ ‘स्वास्थ्य खबरपत्रिका’ मा कार्यरत छिन् ।
पुरस्कार वितरण कार्यक्रम भोलि बिहान ११ बजे कावासोती २ स्थित नवदुर्गा सामुदायिक वन उपभाेक्ता समुहकाे कार्यालय परिसरमा हुनेछ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस