वीपी प्रतिष्ठानभित्र भएका अनियमिततामाथि अख्तियारले विस्तृत छानबिन गर्ने


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानभित्र भएका अनियमिततामाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गर्ने भएको छ । अख्तियारले वीपी प्रतिष्ठानभित्र भएका श्रृंखलाबद्ध अनियमिततामाथि विस्तृत छानबिन गर्ने भएको हो ।

स्वास्थ्य लाइभले वीपीमा कमसल मेसिन खरिददेखि सरसफाइसम्ममा घोटाला भएको तथ्य सार्वजनिक गरेपछि अख्तियारले चासो देखाएको छ । अख्तियारले ती अनियममिततालाई विस्तृतमा राखेर हेर्ने तयारी गरेको हो ।

अख्तियार स्रोतका अनुसार वीपी प्रतिष्ठानभित्र भ्रष्टाचारको जालो रहेकाले त्यसलाई तोड्न आयोग सक्रिय बन्न लागेको हो । अख्तियारले वीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।  नपाएको उपाधि पाए भन्ने उपकुलपति डा. गिरीमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेको हो । उनले किर्ते प्राध्यापकको उपाधि लेख्ने गरेका थिए । गिरीका कार्याकालमा भएका अन्य अनियमिततामाथि पनि अख्तियारले छानबिन गर्ने भएको हो ।

अख्तियारले पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा भएका अनियमिततालाई प्राथमिकतामा राखेर छानबिन थालेको छ । वीपी प्रतिष्ठान, राप्ती प्रतिष्ठानलगायतका अनियमिततालाई अख्तियारले प्राथमिकतामा राखेर हेर्न थालेको हो ।

अख्तियारले भ्रष्टाचारका उजुरीमा छानबिन तीव्रता दिन थालेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ